Nepal Purbadhar

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

मङ्लबार, बैशाख ४, २०८१
Tuesday, April 16, 2024

विद्युत महसुल नतिर्ने २ हजार ग्राहक इटहरी वितरण केन्द्रको कारबाहीमा


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको इटहरी वितरण केन्द्रले लामो समयसम्म विद्युत महसुल नतिर्ने २ हजार ग्राहकलाई कारबाही गरेको छ । वितरण केन्द्रले चालू आर्थिक वर्षको १० महिनामा विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर कारबाही गरेको हो ।

६० दिनभन्दा बढीको विद्युत बक्यौता बाँकी रहेका ग्राहकको लाइन काटेर कारबाही गरिएको वितरण केन्द्रका सहायक लेखा अधिकृत विकास खड्काले जानकारी दिए । उनका अनुसार विद्युत महसुल नतिरेर कारबाहीमा परेका ग्राहकबाट जरिवानासहितको बक्यौता असुल गरिएको छ ।

यो अवधिमा कारबाहीमा परेका २ हजार ११ जना ग्राहकले जरिवानासहित ३ करोड १५ लाख ८ हजार ५ सय ६९ रुपैयाँ असुल गरिएको उनले बताए । ‘१० महिनामा लाइन काटेर कारबाही गरिएका ग्राहकबाट २ करोड ६९ लाख ४७ हजार ५ सय ८२ रुपैयाँ असुल गर्नुपर्ने थियो । ती ग्राहकबाट ३ करोड बढी बक्यौता असुल गरी लाइन जोड्ने काम पनि यो अवधिमा भएको छ’, उनले भने ।

यस्तै, यही अवधिमा प्राविधिकरूपमा समस्याग्रस्त १५८ वटा विद्युत मिटर परिवर्तन गरी नयाँ जडान गरिएको छ । नयाँ मिटर जडान गरेपछि राजश्व संकलनमा वृद्धि भएको वितरण केन्द्रले जनाएको छ । यी मिटरबाट ६२ हजार १८२ युनिट विद्युतको बक्यौता पनि संकलन भएको छ ।

यो अवधिमा विद्युत चोरी गर्ने २१ ज्ना ग्राहक कारबाहीमा परेको पनि वितरण केन्द्रले जनाएको छ । वितरण केन्द्रका अनुसार विद्युत चोरी गर्नेलाई कारबाही गरी २ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ ।


Read Previous

बजाजको २५ वर्ष लिडरशिप योजना सम्पन्न

Read Next

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

Leave a Reply

Your email address will not be published.