Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

कोशी प्रदेशले बनायो पहिलो प्रदेश ऊर्जा योजना, २०४० सम्म ६५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य


काठमाडौं । सात प्रदेशमध्ये कोशीले सबैभन्दा पहिलो प्रदेश ऊर्जा योजना तयार गरेको छ । प्रदेश योजना अनुसार सन् २०४० सम्म जलविद्युत् र अन्य स्रोतबाट कुल ६ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । यसको लागि ४ खर्ब ७३ अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने प्रक्षेपण गरिएको छ ।

लगानीको लागि सहुलियत ऋण, इक्वीटी र परिपूर्ति अनुदानलगायतका रणनीति अपनाउने योजनामा उल्लेख छ । यसमा निजी क्षेत्रले गर्ने लगानी पनि महत्वपूर्ण हुनेछ । लगनीको लागि लगानीप्रेरित वातावरण र नीति बनाउने, ‘ब्लेण्डेड फाइनान्स’ तथा ब्लेण्डेड सहुलियत लगानीका अवधारणालाई अपनाइनेछ । सार्वजनिक निजी साझेदारीलाई प्राथमिकता दिने, जलवायु फण्डलगायतबाट पनि लगानी जुटाउने रणनीति उल्लेख छ ।

लक्षित उत्पादनमध्ये १० प्रतिशत ऊर्जा भने आधुनिक नविकरणीय ऊर्जा स्रोतबाट जुटाइनेछ । त्यस्तै, सन् २०४० सम्ममा प्रति व्यक्ति विद्युत् खपत २ हजार ६ सय युनिट पुर्याउने योजनामा छ । त्यही अवधीसम्ममा हरितगृह ग्यास उत्सर्जनलाई ६५० किलो प्रति व्यक्तिमा सिमित गरिनेछ ।

योजनाले विद्युत् खपत हुने गर्न सकिने ५ क्षेत्रलाई पहिचान गरेको छ त्यसमा आवासिय, व्यवसायिक, उद्योग, कृषि र यातायात रहेका छन् । यी क्षेत्रको सन् २०३०, २०३५ र २०४० को लागि छुट्टाछु्ट्टै लक्ष्य र सूचक मापन गरिएको छ ।

योजनाले लक्ष्य हासिल गर्नको लागि ६ वटा रणनीति तय गरेको छ । जसमा ऊर्जा उपभोक्तादेखि नीति निर्मातासम्म ऊर्जा पहुँच र यसको दक्षता सम्बन्धी जनचेतना वृद्धि गर्ने, सम्भावित ऊर्जा परियोजनाको पहिचान गर्ने र योजना तयारी र अनुगमनको लागि सहजीकरण गर्ने, ऊर्जा परियोजना विकास गर्नको लागि लगानीको वातावरण निर्माण गर्ने रहेका छन् । ‘योजनालाई थप सरोकारवालासँग छलफल गर्ने र समृद्ध बनाउने काम भइरहेको छ’ कोशी प्रदेश, खानेपानी, सिंचाइ तथा ऊर्जा मन्त्रालयका सचिव नविनराज सिंहले भने ।

त्यस्तै, साना जलविद्युत् आयोजनाको विद्युत पनि ग्रीडमा जोडेर त्यसको दीर्घकालीन सञ्चालन र उपयोगलाई विश्वस्त बनाउने, प्रभावकारी अनुसन्धान र विकास तथा वैकल्पिक ऊर्जा प्रविधिलाई प्रवद्र्धन गर्ने तथा सबै योजनामा लैगिंक र सामाजिक समावेशीकरण लाई समावेस गर्ने रहेका छन् ।

योजनाले प्रदेशबासी सबैको लागि सफा, विश्वसनीय र सहज ऊर्जा प्रणाली उपलब्ध गराउने दृष्टिकोण राखेको छ । योजनाले प्रदेशमा ऊर्जाको वर्तमान अवस्था र माग तथा आपूति र लगानीको क्षेत्रबारे उल्लेख गरेको छ । प्रदेश ऊर्जा योजना तयार गर्नको लागि विभिन्न विधीहरुहरु अपनाइएको छ । सरोकारवालासँग छलफल, नविकरणीय ऊर्जा सम्बन्धित नीतिहरुको पुनरावलोकन, स्थलगत अवलोकनलगायतका विधी अपनाइएको थियो । योजनाले अहिलेसम्म कार्यन्वयनमा रहेका योजना र नीतिहरुको पुनरावलेकन गरेको छ ।

कोशी प्रदेशमा रहेको नविकरणीय ऊर्जाको सम्भावना, ऊजा दक्षता अभिवृद्धिको लागि चाल्नुपर्ने कदम र नागरिकको जीवनमा ल्याउन सकिने सुधारमा आधारित लक्ष्य निर्धारण गरिएको छ ।


Read Previous

झुलाघाटमा पक्की पुल बन्ने निर्णयले बैतडीमा खुसियाली

Read Next

ऊर्जा क्षेत्रको सकारात्मक परिवर्तनका लागि इपान अध्यक्षमा मेरो उमेद्वारीः किरण मल्ल

Leave a Reply

Your email address will not be published.