Nepal Purbadhar

४४ अर्बले घट्यो भौतिक पूर्वाधारको बजेट, खुद्रे आयोजना हटाइयो, सम्पन्न हुने आयोजनामा मात्रै बजेट विनियोजन


काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ४४ अर्ब ७४ कराेड रूपैयाँले घटेको हो ।

चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ७६ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । पछि संसाेधन गरेर बजेटकाे आकार १ खर्व ६१ अर्ब ५६ करोडमा झारिएकाे थियाे । संसाेधित बजेटभन्दा चालु आवमा विनियाेजित बजेट भने ३० अर्ब रूपैयाँले कम हो ।

सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा. महतले बताए ।


Read Previous

कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण गरिने

Read Next

बजेट २०८०/०८१ : काठमाडौंका थप ४४ स्थानामा स्मार्ट ट्राफिक लाईट जडान गरिने