Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

पूर्वाधार मन्त्री ज्वालाले गरे नागढुङ्गा सुरुङमार्गको अनुगमन, १ वर्षभित्र सवारी चल्न सक्ने गरी काम गर्न निर्देशन


काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको टोलीले नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । अनुगमनपछि मन्त्री ज्वालाले सुरुङमार्ग निर्माणामा के कस्ता समस्या र चुनाैति छन भनेर बुझ्ने काम भएकाे बताए ।

सडक पूवार्धारकाे क्षेत्रमा सुरुङमार्ग निर्माण प्राथमिकतामा पर्दै गएकाे र १ वर्षभित्र सवारी चल्न सक्ने गरी काम गर्न निर्देशन दिए । ‘अहिले भइरहेकाे कामकाे गतिलाई अझ तिव्र बनाउनमा लाग्नेछाैं’  उनले भने ।

आयोजनाले अझै जग्गा प्राप्ति गर्ने, निर्माण सामाग्रीकाे सहज उपलब्धता र समन्वय गर्ने  विषयमा पनि मन्त्रीले सहजीकरण गर्ने बताए । ‘यस्ता समस्याहरूलाई चाडै समाधान गर्छाैं’ उनले भने ।

समस्यालाई मन्त्रालयमा बसेर वा स्थलगत रुपमा आयोजना स्थलमा आएर पनि समाधान गरिने उल्लेख गरे । आयोजना चाडोभन्दा चाडो सम्पन्न गर्नको लागि आवश्यक सबै उपाय र समन्वय गरिने उनको भनाइ छ । ‘आयोजनाले आम नागरिकलाई सेवा दिने अवस्थामा नपु¥याएसम्म लागिरहन्छौं’ मन्त्री ज्वालाले भने ।

आयोजनालाई अघि बढाउनको लागि स्थानीय तह, जनप्रतिनिधी, निर्माण व्यवसायी, परामर्शदाता र अन्य सरोकारवालालाई समेत समन्वय गरेर पूर्वाधार परियोजनालाई अघि बढाउने मन्त्रीको भनाइ छ । आयोजनाको काम गर्दा निर्माण व्यवसायीलाई कुनै अफठ्यारो परेको भए त्यसलाई समाधान गर्ने तर कुनै पनि बहानामा आफ्नो दायित्वबाट पछि नहट्न आग्रह गरे । ‘तोकिएको काम तोकिएकै समयमा पूरा गर्ने विषयमा कतै पनि सम्झौता हुदेन’ उनले भने ।

टोलीले मुग्लिनसम्म पुगेर सडकको अवस्थाबारे जानकारी लिनेछ । अनुगमनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालसमेत सहभागिता रहेको छ ।

नागढुंगा सुरुङमार्ग आयोजनाको ५३ प्रतिशत काम सम्पन्न

अहिलेसम्म नागढुंगा सुरुङमार्ग आयोजनाको समग्रमा ५३ प्रतिशत काम सम्पन्न भइसकेको छ । तर, सुरुङमार्ग निर्माणको काम मात्र भने ८२.२० प्रतिशत सम्पन्न भएको छ । कुल ५ हजार ४९९ मिटर सुरुङ लम्बाईमध्ये अहिलेसम्म ४ हजार ५२० मिटर सम्पन्न भएको आयोजना कार्यालयले जानकारी दिएको छ । अब ९७९ मिटर सुरुङमार्ग खन्न बाँकी छ ।

सुरुङबाहेकका अन्य संरचना निर्माणको काम पनि धमाधम भइरहेको छ । अन्डरपास, बक्स कल्भर्ट, ओभरपास र पुल निर्माणको काम सम्पन्न भइसकेको छ । यस आयोजनामा अन्डरपास ३ वटा, बक्स कल्भर्ट ४ वटा, ओभर पास एउटा र पुल ३ वटा निर्माण भइसकेका छन् ।

फ्लाइओभर निर्माणको लागि ९५ प्रतिशत जग्गा प्राप्तिको काम सम्पन्न भइसकेको छ । त्यसको लागि प्राप्त भएको जग्गामा ३ वटा फाउण्डेशन तयार भइसकेका छन् । ५ वटा सबस्ट्रक्चरमध्ये २ वटा सम्पन्न भएका छन् ।

अनुगमनकाे क्रममा मन्त्री ज्यालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिए ।  सुरुङमार्गको मुख्य टनेल ६ सय मिटर र रेस्क्यु टनेल २ सय मिटर खन्न बाँकी छ । आउँदो दशैँसम्म मुख्य टनेल जोडिसक्ने र रेस्क्यु टनेल छिट्टै जोड्ने तयारी छ ।

आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको सुरुङमार्गको कन्सल्ट्यान्टतर्फका इञ्जीनियर रमेश कोइरालाले जानकारी दिए ।  सुरुङमार्गको २०७६ कात्तिकमा शिलान्यास गरिएको थियो । यसको लम्बाइ २.६८ किलोमिटर छ ।

यहाँ नौ मिटर र चार मिटरका दुई सुरुङ निर्माण भइरहेका छन् । कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा सुरुङमार्गको निर्माण अवधि एक वर्ष थपिएको हो । विश्व बैंकसहितकाे टोलीले शुक्रबार नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाको कामका भएकाे प्रगति बारेमा समेत स्थलगत अनुगमन गरिरहेको छ ।


Read Previous

काठमाडाैं उपत्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घट्यो

Read Next

बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइन अघि बढाउन पावर ग्रिड र बिजिसिपिटीएलबीच सम्झौता

Leave a Reply

Your email address will not be published.