Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

लिखु-२ काे साइट कार्यालय र विद्युतगृहमा तालाबन्दी गरी काम राेक्नेलाई कारबाही गर्न इपानकाे माग 


काठमाडाैं । ग्लोबल हाइड्रोपावर एसोसियट कम्पनीले रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा न. १ निर्माण गरिरहेको ५५ मेगावाटको लिखु २ जलविद्युत् साइट अफिसमा केही स्थानीय व्यक्तिहरुले अवराेध गरेकाेमा स्वतन्त्र उर्जा उत्पादकहरूकाे संस्था नेपाल (इपान) गम्भिर ध्यानाकर्षण भएको बताएकाे छ ।

विहीबार एक विज्ञप्ति जारी गर्दै इपानले आयोजनाको विद्युत् गृह क्षेत्रमा हुल हुज्जत गर्ने, तालाबन्दी गर्ने, र आयोजनाका कर्मचारीहरुलाई तर्साउने लगायतका कार्यगरी आयोजना सञ्चालनमा अवरोध खडा गरिएकाे उल्लेख गरेकाे छ । ‘आयोजनाको काममा गम्भीर असर पुन्याएको घटना प्रति इपानको गम्भिर ध्यानाकर्षण भएको र यस्तो उच्छृङखल तथा अराजक घटनाको घोर भर्त्सना र निन्दा गर्दछ’ विज्ञप्तिमा उल्लेख छ ।

साथै आयोजनाहरु र त्यसका सरोकारवाला पक्षहरुविचको कुनैपनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेतर्फ इप्पान जोड दिन दिएकाे छ । विगत केही समय देखि विभिन्न जलविद्युत आयोजनाहरुमा आफ्ना माग पुरा गराउन आयोजनालाई गम्भीर क्षति पुयाउने तथा प्रवधक एवं कर्मचारीहरुलाई मानसिक र भौतिक रुपमा डर, त्रास पैदा गराउने नियोजित उद्देश्यले उच्छृंखल, अराजक र उदण्ड गतिविधि हुने गरेको छ ।

यस्ता प्रकारका गतिविधिले राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेकी ऊर्जा क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएर समग्र रूपमा यो क्षेत्र निरुत्साहित हुने कुरातर्फ इपानले  सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकाे छ ।

आयोजनाहरुको कार्यस्थलमा हुने गरेका यस्ता घटनाहरुलाई निरुत्साहित गर्न सरकारले तत्काल छुटै सुरक्षा संयन्त्र निर्माण गर्न र राष्ट्रिय प्राथमिकता प्राप्त जलविद्युत आयोजनाहरूमा सुरक्षाको प्रत्याभुती गराउनु पर्नेमा जाेड दिएकाे छ । साथै घटनाको निष्पक्ष छानविन गरी दोषी उपर कानुनी कारवाही गर्न एवम् आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरि आयोजनाको काम सुचारु गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेकाे छ ।


Read Previous

त्रिभुवन विश्वविद्यालय र आइडिया स्टूडियो नेपालबीच उद्यमशीलता र नवप्रवर्तनलाई बढावा दिन समझदारी

Read Next

गण्डकी प्रदेशकाे जलविद्युत् क्षमता २९ हजार ९ सय, उत्पादन ५७१ सय मेगावाट मात्रै

Leave a Reply

Your email address will not be published.