Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

वर्षासँगै मनाङको सडक सञ्जाल टुट्दै


मनाङ । प्रि–मनसुन सुरुआत भएसँगै पश्चिमी वायुको प्रभावका कारण हिमाली जिल्ला मनाङको सडक सञ्जाल टुट्दै गएको छ । छिमेकी जिल्ला लमजुङमा दैनिक वर्षा भइरहेको छ भने मनाङमा सुक्खा पहिरो खस्न थालेको छ ।

डुम्रे–बेँसीसहर–चामे सडकअन्तर्गत नासो गाउँपालिका–१ सिरानतालमा सुक्खा पहिरो खसेको छ । सुक्खा पहिराका कारण सडक अवरुद्ध भएको नासो–५ का वडाध्यक्ष थुदेन लामाले जानकारी दिए । ‘वर्षायाम सुरुआत हुनासाथ मनाङमा जोखिम बढेको छ, यात्रुमात्रै आवतजावत गर्नसमेत सकस भएको छ’ उनले भने ।

उनका अनुसार बुधबार साँझदेखि चट्टानसहितको सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । ‘अवरुद्ध सडक आजदेखि खुलाउने प्रयास भएको छ, उक्त सडकअन्तर्गत अन्य स्थानमा भने अवरुद्ध रहेको छैन’ उनले भने ।

दुई वर्षअघि पहिराका कारण भत्किएको सडक मर्मत गर्दा रहेका चट्टान खसेर अवरुद्ध भएको सडक खुलाउन एस्काभेटर ल्याउँदै गरेको डुम्रे–बेंसीसहर–चामे सडक आयोजना कार्यालयका सब इञ्जिनियर सुमन अधिकारीले जानकारी दिए ।

‘पहिरो खसेको स्थानमा आइपुगेका छौँ, आज सडक खुलाउने प्रयासमा जुटेका छौँ’, उनले भने, ‘आज मनाङ मात्रै नभई प्रदेशमा नै मौसम प्रतिकूल देखाएको छ, तर पनि यहाँको मौसम सफा त छैन, अनुकूल नै रहेमा आजै सडक खुल्छ ।’

वर्षायाम वा अन्य समयमा पनि मनाङको यात्रा सहज भने छैन । वर्षायाम सुरुआत भएसँगै अझ बढी जोखिम बढ्ने गर्छ । वर्षायाममा पर्ने झरीका कारण एक ठाउँमा मर्मत गर्न नभ्याउँदै अर्को स्थानमा सडक भत्किँने हुँदा मनाङवासी तथा पर्यटक आवतजावतमा समस्या हुने गरेको छ ।


Read Previous

हिले–छिन्ताङ त्रिवेणी सडकको काम धमाधम

Read Next

हिउँ, पहिरो पन्छाएर सिमकोट–हिल्सा सडक पुनःसञ्चालनमा

Leave a Reply

Your email address will not be published.