Nepal Purbadhar

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा


बागमती । लामो समयदेखि विद्युत् महशुल नतिर्ने हेटौँडाका ६७ उद्योगसहित ५४२ ग्राहकलाई कालोसूचीमा राखी कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।

नेपाल विद्युत् प्राधिकरण हेटौँडा वितरण केन्द्रले पटक-पटक विद्युत् महशुल बुझाउनका लागि ताकेता गर्दासमेत अटेर गरेकाले विद्युत् लाइन काटेर ग्राहकको विवरण सार्वजनिक गरेको छ ।

केन्द्रले कालोसूचीमा पर्नेको तीन पुस्ते विवरण सार्वजनिक गर्दै आगामी असार मसान्तसम्म वक्यौता भुक्तानी गरे १० प्रतिशत छुट दिने समेत घोषणा गरेको छ ।

केन्द्रका अनुसार कालोसूचीमा पर्नेमा ग्राहथ्यतर्फ ४६४, व्यापारिकतर्फ तीन, औद्यौगिकतर्फ ६७, सिँचाइतर्फ एक, गैरव्यापारिकतर्फ दुई, यातायाततर्फ तीन र खानेपानीतर्फ दुई ग्राहक रहेको केन्द्रका इञ्जिनियर सन्तोष चौहानले जानकारी दिए । कालोसूचीमा परेकाबाट केन्द्रले ९२ लाख ४७ हजार ८८८ रूपैयाँ असुल गर्नुपर्ने छ ।

त्यसैगरी नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र पालुङ्ग मकवानपुरले महशुल नतिर्ने ९७ ग्राहकलाई कालोसूचीमा राखेको छ । केन्द्रका प्रमुख वीरमान रास्कोटीले उनीहरुबाट १ करोड  रूपैयाँ उठ्न बाँकी रहेको बताए ।


Read Previous

राष्ट्रिय प्रशारणमा जोडिँदै ५३ किलोवाट विद्युत्

Read Next

सिंचाइ र बस्ती संरक्षणकाे लागि ६ योजना थप

Leave a Reply

Your email address will not be published.