Nepal Purbadhar

बर्खामा ५० र हिउँदमा ३० युनिट मासिक खपत गर्नेलाई निःशुल्क विद्युत दिने घोषणा


काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा मार्फत वर्षामा ५० र हिउँदमा मासिक ३० युनिट विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत दिने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा पेश गरेको नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनाअनुसार यो घोषणा गरिएको हो ।

आन्तरिक खपत र निर्यातबाट बचेको विद्युत सहुलियत दरमा उद्योगलाई दिने घोषणा नीति तथा कार्यक्रममा छ ‘यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ’ नीति तथा कार्यक्रममा छ ।


Read Previous

पूर्वाधार विकास परियोजनासम्बन्धी छुट्टै कानून ल्याउने घोषणा, ढुंगा गिट्टी र बालुवा निर्यातको सम्भावना खोज्ने

Read Next

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्ण पाठ)