Nepal Purbadhar

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

मङ्लबार, जेष्ठ ८, २०८१
Tuesday, May 21, 2024

नेपाल बंगलादेश ऊर्जा व्यापार र सहकार्यबारे ढाकामा छलफल


काठमाडौं । नेपाल र बंगलादेशबीच ऊर्जा व्यापार र सहकार्यबारे छलफल भएको छ । परराष्ट्र मन्त्री एपी साउदको बंगलादेश भ्रमणको क्रममा ढाकास्थित नेपाली दुतावासले छलफल कार्यक्रमको आयोजना गरेको हो । दुई देश र सरोकारवालाबीच ऊर्जा क्षेत्रमा सहकार्य वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै पराराष्ट्र मन्त्री साउदले नेपालमा जलविद्युत विकासको उच्च सम्भावना रहेको बताए । उनले बंगलादेशमा बढ्दै गएको ऊर्जा आवश्यकतालाई पूरा गर्न दुई देशबीच ऊर्जा क्षेत्रलाई लिएर सहकार्य र सहयोग आवश्यक रहेकोमा जोड दिए ।

मन्त्री साउदले नेपाल र बंगलादेशबीच ऊर्जा व्यापारको लागि ‘कनेक्टिभिटी’ बढाउनुको साथै निजी क्षेत्रले जलविद्युत उत्पादनको सम्भावनालाई उपयोग गर्नुपर्नेमा जोड दिए । बंगलादेशको लागि नेपाली राजदुत घनश्याम भण्डारीले दुवै देशको दीगो विकास र आर्थिक उन्नतीको लागि ऊर्जा सहयोग महत्वपूर्ण हुन बताए ।

बंगलादेशी प्रधानमन्त्रीका सल्लाहकार तथा सासंद सल्मान फज्लुर रहमानले दुई देशबीचमा ऊर्जा क्षेत्रको सहयोगमा वृद्धि हुदै जाने उल्लेख गरे । बंगलादेशको ऊर्जा मागलाई पूरा गर्न नेपालको विद्युत उपयोगी हुनुको साथै हरित तथा दीगो विकासलाई सहयोगी हुने उनको भनाइ छ ।

कार्यक्रममा ऊर्जा सचिव दिनेशकुमार घिमिरलेले बंगलादेशसँग ऊर्जा सहयोग वृद्धि गर्न प्रतिवद्ध रहेको उल्लेख गरे । साथै ऊर्जा व्यापारलाई चाडै यथार्थमा ढाल्नको लागि इच्छुक रहेको बताए । बंगलादेशका ऊर्जा सचिव मोहम्मद हबीबुर रहमानले ऊर्जा क्षेत्र विकासको लागि दुई देशले संयुक्त उपक्रमको माध्यमबाट अघि बढ्न तयार रहेको उल्लेख गरे ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का सदस्य उत्तम ब्लोनले नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा हुन सक्ने सहकार्यबारे प्रस्तुति दिएका थिए । निजी क्षेत्र बंगलादेशको निजी क्षेत्रसँग मिलेर काम गर्न तयार रहेको उनको भनाइ छ ।

कार्यक्रममा करिब १ सय सहभागी थिए । कार्यक्रममा सासंद, उच्च पदस्थ अधिकारी, ऊर्जा उद्यमीलगायतको सहभागीता थियो ।


Read Previous

ग्रामीण सडकलाई पक्की बनाउँदै बेनी नगरपालिका

Read Next

सडकको पहुँचले सहज बन्दै बोबाङको जनजीवन

Leave a Reply

Your email address will not be published.