Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

नेपालमै उत्पादन भएका सवारी साधन दर्ताकाे झन्झट हटाउन कानुन संसाेधनकाे तयारी, २ दिनभित्रै समाधान


काठमाडौं । नेपालमा उत्पादन भएका सवारी साधन सञ्चालनमा देखिएको कानुनी जटिलता तत्काल समाधान गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पहलकदमी लिएका छन् । नेपालमा उत्पादन भएका सवारी साधनहरुको दर्ता र सञ्चालनमा लामो समयदेखि जटिलता रहँदै आएको छ ।

कानुनी जटिलतालाई तत्काल हल गर्न यातायात व्यवस्था विभाग कार्यविधि निर्देशिका संशोधन हुने भएको छ । सोमबार मन्त्री ज्वालाले मातहतका कर्मचारी र सरोकारवाला निकायसँग कार्यविधि संशोधनका लागि निर्देशन दिए ।  ‘दुई दिनभित्र नेपालमा उत्पादन भएका सवारी साधनको दर्ता र सञ्चालनको समस्या हल हुन्छ’ मन्त्री ज्वालाले भने ‘स्वदेशमै उत्पादन भएका सवारी साधनलाई हामी प्रोत्साहन गर्छाै, तर त्यसको सुरक्षा, सुलभ मुल्यमा होस् भन्नेमा हाम्रो चासो छ ।’
यात्रीलगायतले नेपालमा विद्युतिय मोटरसाइकल उत्पादन गर्दै आएका छन् । नेपालमा उत्पादन भएका सवारी साधनको टेष्ट पनि भइसकेको छ । तर प्रज्ञापन पत्रको अभावमा दर्ता हुन सकेका थिएनन् । प्रज्ञापन पत्रको सट्टा कर बिजेक लिएर दर्ता गर्न मिल्ने व्यवस्था गरिएको छ ।

यातायात व्यवस्थासम्बन्धी कार्यविधीमा नेपालमा पनि सवारी साधनहरु उत्पादन हुन्छन् भन्ने आँकलन गरिएको छैन । २०५४ सालमा बनेको ऐन र कार्यविधिमा विदेशबाट खरिद भएका सवारी साधनका लागि मात्र व्यवस्था छ ।


Read Previous

सडक बत्तीको ६ अर्ब बढी विद्युत बक्यौता, प्राधिकरण भन्छ,‘तिर्न कोही आउँदैन’

Read Next

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटकको चलपहल बढ्याे,याे वर्ष २० हजारले अवलाेकन गर्ने अपेक्षा

Leave a Reply

Your email address will not be published.