Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
 ट्रंक लाइन र डेडिकेटेड फिडर विवाद अध्ययन गर्न बनेकाे आयोगले ऊर्जामन्त्रीलाई प्रतिवेदन बुझायाे कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग

सडक बत्तीको ६ अर्ब बढी विद्युत बक्यौता, प्राधिकरण भन्छ,‘तिर्न कोही आउँदैन’


काठमाडौं । देशभरका विभिन्न नगरपालिका,उप-महानगरपालिका र महा-नगरपालिकामा जडान भएका सडक बत्तीको विद्युत बक्यौता ६ अर्ब रुपैयाँ नाघेको छ । दैनिकरूपमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत उपयोग गरेपनि महसुल नतिरेपछि विद्युत बक्यौता बढेको हो ।

पटक-पटक ताकेता गरेपनि कसैले सडक बत्तीको महसुल तिर्ने जिम्मेवारी नलिएको नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए । ‘सडक बत्तीको बक्यौता लामो समयदेखि उठ्न सकेको छैन,’ उनले भने,‘बत्ती बालिसकेपछि महसुल तिर्ने जिम्मेवारी सम्बन्धित महानगर,उपमहानगर, नगर र गाउँपालिकाले नलिँदा हामीलाई बक्यौता उठाउन समस्या भएको छ ।’

स्थानीय तहले प्राधिकरणसँग समन्वय नै नगरी आफु खुशी सडक बत्ती जडान गर्ने, तर महसुल तिर्न नखोज्ने प्रवृत्ति बढेका कारण विद्युत बक्यौता पनि बढ्दै गएको उनले बताए । सार्वजनिक सूचना जारी गरी आह्वान गर्दा समेत सम्बन्धित स्थानीय तहबाट महसुल भुक्तानीका लागि पहल नभएको प्राधिकरणले जनाएको छ ।

सिलवालले बत्ती बाहेक अन्य वर्गका ग्राहकबाट नियमित महसुल संकलनको अवस्था राम्रो रहेको बताए । उनका अनुसार अहिले प्राधिकरणले बिक्री गर्ने कूल विद्युतको ९५ प्रतिशत हाराहारीमा महसुल उठिरहेको छ ।

प्राधिकरणका साना घरायसी ग्राहकले हरेक महिना विद्युत महसुल भुक्तानी गर्ने गरेपनि ठूला ग्राहकको ६० दिनको बक्यौता सधैं रहने गरेको छ । अहिले पनि ६० दिनको करिब १५ अर्ब रुपैयाँ विद्युत बक्यौता रहेको सिलवालले बताए ।

यसबाहेक उद्योगीले तिर्न बाँकी ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता १९ अर्ब रुपैयाँ नाघेको प्राधिकरणले जनाएको छ । यो विषय विवादमा परेका कारण प्राधिकरणले अहिलेसम्म ट्रंक लाइन र डेडिकेटेड फिडरको विद्युत बक्यौता उठाउन सकेको छैन ।

यस्तै, केही उद्योगले २०७७ साल साउनदेखि नै विद्युत महसुल तिरेका छैनन् । ‘करिब ३ वर्षदेखि विद्युत महसुल नतिर्ने केही उद्योग पनि छन् । त्यस्ता उद्योग छनोट गरी लाइन काट्न सुरु गरिसकेका छौं । साइन काटिएपछि केही उद्योगले बक्यौता भुक्तानी गरेर उद्योग सुचारु गरेका छन्,’ उनले भने ।

अधिकांश उद्योगले भने अहिले उठेको विद्युत महसुलको हिसाब आफैं गरेर त्यसमा २ प्रतिशत छुट गरी भुक्तानी गर्ने कार्य गर्दै आएको प्राधिकरणले जनाएको छ । महालेखा परीक्षणको कार्यालयले हालै सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ४० अर्ब बक्यौता देखाएकोमा त्यसमा सडक बत्ती, ट्रंक लाइन र डेडिकेटेड फिडर, ६० दिनको बक्यौता सबै हिसाब गर्दा पुगेको प्राधिकरणले स्पष्ट पारेको छ ।


Read Previous

निर्माण अवधिमा काम गरेकाे ज्याला नपाएपछि श्रमिकद्वारा पुल बन्द   

Read Next

नेपालमै उत्पादन भएका सवारी साधन दर्ताकाे झन्झट हटाउन कानुन संसाेधनकाे तयारी, २ दिनभित्रै समाधान

Leave a Reply

Your email address will not be published.