Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न

प्रसारण प्रणालीको समस्याले अवरुद्ध पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसक्योः घिसिङ


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रसारण प्रणालीको समस्याका कारण अवरुद्ध भएको मोरङ र सुनसरी औद्योगिक करिडोरका उद्योगको विद्युत आपूर्ति नियमित भइसकेको बताएका छन् । घिसिङले आइतबार पत्रकार सम्मेलन गरी एक साता अगाडि रुपनी सबस्टेसनको ब्रेकर पड्किँदा माग बमोजिमको लोड पठाउन नसक्दा ३ दिन समस्या देखिए पनि अहिले पूर्वका उद्योगको विद्युत आपूर्ति नियमित भइसकेको बताए ।

‘केही दिन यता उद्योगले माग बमोजिम विद्युत नपाएको भन्ने गुनासो आएको छ । प्रसारण प्रणालीमा आएको प्राविधिक समस्याका कारण यस्तो हुन गएको हो,’ उनले भने, ‘रुपनी सबस्टेसनको ब्रेकर बदलेर विद्युत आपूर्ति नियमित गरिसकेका छौं । हिजोदेखि नै दुहबी क्षेत्रका उद्योगले विद्युत पाएका छन् ।’

उनले काबेली र कोसी करिडोरका जलविद्युतगृहको उत्पादन कम हुँदा पनि पूर्वका उद्योगको आपूर्तिमा बेला–बेलामा समस्या देखिने गरेको बताए । सुख्खा याममा स्वदेशी उत्पादन न्यून हुँदा आयात गरेको विद्युत पनि प्रसारण लाइनको समस्याले माग बमोजिम पूर्वका उद्योगमा पठाउन नसक्ने अवस्था रहेको उनको भनाइ छ । घिसिङका अनुसार ४०० केभी ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट ८ सय मेगावाटसम्म विद्युत आयात गर्न सकिने भएपनि प्रसारण लाइनको क्षमताले नधान्दा पूर्वमा पठाउन सकिएको छैन ।

‘उद्योगलाई ढल्केबर–मुजफ्फरपुर लाइनबाट आयात गरेरै भएपनि माग बमोजिम विद्युत दिनुपर्ने हो । तर, मोरङ र सुनसरीका उद्योगसम्म आयातित विद्युत पुर्याउने १३२ केभी प्रसारण लाइनले सबै लोड लिँदैन । यो वर्ष समस्या भएपनि आगामी वर्ष निर्माणाधीन ४०० केभी इनरुवा–ढल्केबर–हेटौंडा प्रसारण लाइन सम्पन्न गरेपछि हिउँदमा समेत पूर्वका उद्योगले दिगो र गुणस्तरीय विद्युत सेवा पाउने छन् । पूर्वको पावर फ्लोमा समस्या आउने छैन’, उनले भने ।

ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनको आयातमा समस्या नभएपनि बिहारसँगका १३२ केभी कुसाहा–कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनबाट आयात हुने विद्युत रोकिन थालेको समेत उनले बताए । घिसिङकाअनुसार अहिले बिहारको विद्युत माग बढेका कारण साँझ ७ बजेदेखि राति २ बजेसम्म उताबाट आउने विद्युत काटिने गरेको छ ।

रक्सौल–परवानीपुर विन्दुको आयात प्रभावित हुँदा वीरजञ्ज क्षेत्रका उद्योगमा पनि बत्ती बाल्नका लागि मात्रै विद्युत उपयोग गर्नु भन्ने अवस्था आउन लागेको बताए । उनले अब करिब २ साता विद्युत आपूर्तिमा कहीं कहीं समस्या आउने भएपनि त्यसपछि सबै उद्योगले माग बमोजिम आपूर्ति पाउने जिकिर गरे ।

प्राधिकरणका अनुसार यो वर्ष उद्योगको लोड गत वर्षकोभन्दा ५ सय मेगावाटसम्म बढेकाले पनि कहिले काहीं ट्रिपिङको समस्या देखिने गरेको छ । उनले यो वर्ष विद्युतको माग बढे पनि अहिले चरम सुख्खा याममा प्रणालीमा उपलब्ध विद्युत गत वर्षकोभन्दा न्यून भएकाले समस्या आन्तरिक उत्पादनबाट आपूर्ति व्यवस्थापनमा चुनौती आएको बताए ।

उता उद्याेगीहरू प्राधिकरणले बिना जानकारी विद्युत कटौती गरेकाे भन्दै सडकमा उत्रिएर विराेध गरिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघलगायत नियमित विद्युत आपूर्तिकाे माग गर्दै विराेध गरिरहेका छन् ।

प्रधिकरणले औद्योगिक क्षेत्रमा बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि राति १० बजेसम्म बिना सूचना दैनिक विद्युत कटौती गरिरहेकाे उद्याेगहरूकाे  आराेप छ ।


Read Previous

साँखु-लप्सीफेदी सडक पुनर्निर्माण गरिने   

Read Next

विद्युत जडित क्षमता बढे पनि सुख्खा यामको उत्पादन गत वर्षको भन्दा न्यून

Leave a Reply

Your email address will not be published.