Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

ऊर्जा सम्मेलन २०२३ काठमाडौंमा सुरु, आन्तरिक खपत र क्षेत्रिय विद्युत व्यापारमा जोड दिने प्रधानमन्त्रीको भनाई


काठमाडौं । ऊर्जा सम्मेलन (पावर समिट) २०२३ मंगलबारदेखि काठमाडौमा शुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सन् २०२५ देखि हिउँदमा पनि विद्युत आयात गर्न नपर्ने गरी नेपालमा विद्युत उत्पादन उत्पादन भइरहेको बताए ।

उत्पादन भएको विद्युत् आन्तरिक खपतमा अधिकतम उपयोग गर्ने र बढी भएको विद्युत् निर्यात गर्ने गरी प्राथमिकता तोकेर काम गरिएको उनको भनाइ छ । ‘आन्तरिक खपत वृद्धि गर्नको लागि कृषि, भान्सा, उद्योग र यातायात क्षेत्रमा विद्युत खपत वृद्धि गर्ने विषयलाई प्राथमिकता दिइरहेको छौं’ उनले भने ।

सम्मेलनमा प्रधानमन्त्रीले अन्तरदेशीय र सार्क क्षेत्रिय रुपमा निर्यात गर्ने विषयलाई पनि समानान्तर रुपमा अघि बढाएको उल्लेख गरे । सरकार निजी क्षेत्रसँग मिलेर ऊर्जा क्षेत्रको विकासमा अघि बढिरहेको र त्यसलाई निरन्तरता दिने सम्बोधनको क्रममा बताए । प्रधानमन्त्री दाहालले २०४५ सम्ममा कार्वन उत्सजन शुन्य बनाउने विषयलद्धता गरिसकेको ऊर्जा क्षेत्रको विकास र उपायोगबाट त्यो लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे ।

ऊर्जा मन्त्री शक्ति बहादुर बस्नेतले जलविद्युत् आयोजनामा लगानी गर्न आउने सबैलाई ढोका खुल्ला रहेको बताए । ’केही कठिनाइ भए त्यसलाई पनि खोल्न तयार छौं’ उनले भने ।

भुटानका अर्थ मन्त्री लोकनाथ शर्माले दक्षिण एशियामा ऊर्जाको बजार बढ्दै गइरहेको बताए । उनले ऊर्जा बजार वृद्धि हुदै जाँदा भारतको भुमिका पनि बढेको उल्लेख गरे । ऊर्जा क्षेत्रको विकासलाई भुटान, नेपाल लगायतका देशले आफ्नो हितमा प्रयोग गर्नुको साथै देशको समृद्धिसँग जोड्न सक्नुपर्नेमा जोड दिए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) का अध्यक्ष कृष्ण आचार्यले नेपालको निजी क्षेत्रले जलविद्युत उत्पादनमा महत्वपूर्ण भुमिका खेलेको र अब विद्युत व्यापारमा पनि सहभागी हुन खोजिरहेको बताए । ‘यसको लागि सरकारले बाटो खोल्नुपर्छ’ उनले भने ।

सम्मेलन उद्घाटन सत्रमा दक्षिण एसियाको लगानी जुटाउने सम्बन्धि ‘साउथ एसियन फोरम अन इनर्जी इन्भेष्टमेण्ट’ प्रतिवेदन सार्वजनिक गरेको छ । सम्मेलनमा उद्घाटन र समापन समारोहबाहेक १६ सत्र रहने तय भएको छ । हरेक सत्रमा राखिएको विषयबारे प्रस्तुति हुनेछ भने त्यसै विषयमा केन्द्रित रहेर प्यानलिष्टबीच छलफल गराइनेछ ।

छलफल सत्रहरुमा नेपालको विद्युतको बजार, दक्षिण एशिया क्षेत्रमा जलविद्युत आयोजनामा लगानीको अवसर र चुनौति, जलवायु उत्थानशील ऊर्जा विकास, अन्तरदेशीय विद्युत व्यापार, नीति र नियमणलगायतका विषयमा केन्द्रित सत्रहरु समावेस गरिएका छन् ।

सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ३ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिसहित नेपालबाट सरकारका उच्च पदस्थ पदाधिकारी, विद्युत व्यापार कम्पनीका प्रतिनिधि, ऊर्जा उत्पादकहरू, लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, प्रसारण तथा वितरण कम्पनीका प्रतिनिधिलगायत गरी ८ सय जनाभन्दा बढीको सहभागिता रहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आयोजना गरेको ऊर्जा सम्मेलनको यो आठौं संस्करण हो ।


Read Previous

३ दशकमै गर्विलाे इतिहास बनाएको निजी क्षेत्रका लागि भविष्यको ऊर्जा यात्रा चुनौतीपूर्ण

Read Next

४ वर्षमा पनि सकिएन अरुण-जरायोटार खानेपानी आयोजनाको काम

Leave a Reply

Your email address will not be published. Required fields are marked *