Nepal Purbadhar

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024

बिहिबार, जेष्ठ ३, २०८१
Thursday, May 16, 2024
नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी म्याग्दीको दरबाङ सडकमा कालोपत्र १० महिनामा १ लाख ७७ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरे  जगदुल्ला अर्धजलाशय आयोजनामा नबिल बैंककाे अगुवाईमा ऋण लगानी जुट्याे,अर्काे वर्ष निर्माण थालिने    ऊर्जा आयोजनका लागि छुट्टै ‘ऊर्जा सुरक्षा नीति’ बनाउन सरकारसँग इपानकाे माग पेट्रोलियम पदार्थको मूल्य घट्यो,पेट्रोल प्रतिलिटर ७ रुपैयाँ सस्तियाे

धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने


गाेलबजार । सिराहाको धनगढीमाई नगरपालिकाले कृषकले सिँचाइका लागि उपयाेग गरेकाे विद्युतकाे महसुल तिरिदिने भएकाे छ । नगरपालिकाले सूचना जारी गरी चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुरुप कृषककाे सिँचाइ मिटरकाे विद्युत महसुलकाे बिल भुक्तानी गरिदिने भएकाे हाे ।

किसानलाई प्रोत्साहन गर्न तथा कृषि क्षेत्रमा आधुनिकीकरण गर्ने उद्देश्यले ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ अन्तर्गत नगरपालिकाले सिँचाइका विद्युत् महसुल भुक्तानी गर्ने धनगढीमाई नगरपालिका नगरप्रमुख शिवशङ्कर महतोले जानकारी दिए । नगरपालिकाले निःशुल्क विद्युत उपलब्ध गराउने भएपछि यहाँका कृषक खुसी भएका छन् ।

धनगढी–१ का किसान बेचनीकुमारी यादव उत्पादनको मूल्य नपाएको तथा मल र बीउ समयमै प्राप्त गर्न नसकेको नगरपालिकाले महसुल तिर्ने कार्यक्रमबाट राहत मिलेको बताइन् । “सिँचाइ गर्न डिजेलपम्प चलाउँदा मर्कामा परेका थियौँ, निःशुल्क विद्युत् उपलब्ध गराउँदा राहत पाइने भयो”, उनले भनिन् ।

धनगढीमाई नगरपालिकाले सुरु गरको ‘कृषि मिटरको विद्युत् महसुल भुक्तानी गर्ने कार्यक्रम’ स्थानीय सरकारले सञ्चालन गरेको योजनामध्ये नमूना भएको स्थानीय श्याम यादवले बताए । यसबाट कृषक खेतीतर्फ आकर्षित हुने उनकाे भनाइ छ ।

असार मसान्तसम्मको महसुल कृषक आफैँले र साउनदेखिको सिँचाइ महसुल नगरपालिकाले तिर्ने धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेले जानकारी दिए । उनले भने, “सिँचाइमा अनुदान दिए, कृषि क्षेत्र विस्तार भएमा कृषि उत्पादन बढ्ने र किसानको आर्थिक अवस्थामा पनि सुधार आउने छ ।”

कृषि मिटरको महसुल भुक्तानीका लागि आगामी वैशाख ४ गतेभित्र निवेदन, नगरिकता प्रमाणपत्रको प्रतिलिपि, २०७९ असारसम्मको भुक्तानी गरेको बिजुलीको सक्कली रसिद तथा २०७९ साउनदेखिको भुक्तानी दिन बाँकी सक्कली बिल र वडा कार्यालयको सिफारिसपत्र कृषि विकास शाखामा पेस गर्नुपर्ने छ ।


Read Previous

रकम भुक्तानीका विषयमा महासंघद्वारा अर्थ सचिवको ध्यानाकर्षण, आगामी बजेटका लागि सुझाव पेश

Read Next

ऊर्जा सम्मेलनमा विद्युत खरिदकर्ता भारतीय कम्पनीसँग पिपिएको समझदारीमा हस्ताक्षर गरिने

Leave a Reply

Your email address will not be published.