Nepal Purbadhar

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024
नागरिक लगानी कोषले पाल्पा सिमेन्ट उद्योगको सेयर प्रत्याभूति गर्ने तनहुँ जलविद्युत आयोजनाकाे विद्युत प्रवाह हुने प्रसारण लाइन निर्माण ७३ प्रतिशत पूरा ग्रीन हाइड्राेजन उत्पादनमा २ खर्ब लगानी भित्र्याउन ग्रीनजो इनर्जी इन्डिया तयार,सरकारसँग सहकार्यकाे प्रस्ताव ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट नगरपालिका    नारायणगढ-बुटवल सडकः ४२ महिनामा सकिनुपर्ने, ६५ महिनामा ५० प्रतिशत मात्रै काम ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी डिजेल,मट्टितेल सस्ताे हुँदा हवाई इन्धनको मूल्य बढ्यो    तित्याङ–भकुण्डे सडकमा ट्र्याक खुलेको २० वर्षपछि बल्ल कालोपत्र गरिँदै    

ऊर्जा सम्मेलनमा विद्युत खरिदकर्ता भारतीय कम्पनीसँग पिपिएको समझदारीमा हस्ताक्षर गरिने


काठमाडौं । आगामी बैशाख ५ र ६ गते (अप्रिल १८ र १९) का लागि तय भएको आठौं संस्करणको ऊर्जा सम्मेलन २०२३ (पावर समिट) को तयारी अन्तिम चरणमा पुगेको छ । सम्मेलनको आयोजक स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी ऊर्जा सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ । २ दिने सम्मेलनमा नेपालको विद्युत खरिद गर्ने भारतीय खरिदकर्ता कम्पनी र निजी जलविद्युत कम्पनीहरूबीच प्रत्यक्ष विद्युत खरिद सम्झौता (पिपिए) का लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको इपान अध्यक्ष कृष्ण आचार्यले बताए ।

उनका अनुसार नवीकरणीय ऊर्जाको विकास र बजार विस्तारका लागि अन्य सम्झौता र समझदारीहरूमा पनि सम्मेलनमा हस्ताक्षर हुनेछ । सम्मेलन देशमा उत्पादन हुने विद्युतको बजार विस्तारमा कोशेढुंगा साबित हुने बताउँदै आचार्यले दक्षिण एसियाको लगानी जुटाउने सम्बन्धि ‘साउथ एसियन फोरम अन इनर्जी इन्भेष्टमेन्ट’ प्रतिवेदन सार्वजनिक गरिने बताए ।

सम्मेलनमा १५ वटा सत्र सञ्चालन गरिनेछ । सम्मेलनमा लगानी बोर्ड नेपाल र निजी क्षेत्रका तर्फबाट ५ हजार मेगावाटका जलविद्युत परियोजना प्रदर्शनी (सो केस) मा राखिने इपानका उपाध्यक्ष आशिष गर्गले बताए। प्रदर्शनीमा राखिने परियोजनाबारे स्वदेशी विदेशी लगानीकर्ताले सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने उनले बताए ।

सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पदाधिकारी तथा दक्षिण एसियाली देशका नेताहरूको पनि सहभागीता रहनेछ । उद्घाटन सत्रमा भारत, बंगलादेश, भुटान र श्रीलंकाका ऊर्जा मन्त्रीहरूलाई पनि सहभागीताका लागि आमन्त्रण गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सम्मेलनमा विश्वका ३० भन्दा बढी देशका ३ सय जना अन्तर्राष्ट्रिय प्रतिनिधिसहित नेपालबाट सरकारका उच्च पदस्थ पदाधिकारी, विद्युत व्यापार कम्पनीका प्रतिनिधि, ऊर्जा उत्पादकहरू, लगानी गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, परामर्शदाता कम्पनीका प्रतिनिधि, प्रसारण तथा वितरण कम्पनीका प्रतिनिधिलगायत गरी ८ सय जनाभन्दा बढीको सहभागिता रहनेछ ।

सम्मेलनमा विशेष गरी ठूलो संख्यामा भारतीय प्रतिनिधिमण्डलको सहभागिता रहने इपानले जनाएको छ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ भन्ने नारा दिएर राजधानीको हायात होटलमा आठौं संस्करणको ऊर्जा सम्मेलन हुँदैछ । यसअघि चैत १४ र १५ गतेका लागि तय भएको सम्मेलन विविध कारणले यो मितिमा गर्न सम्भव नभएपछि बैशाख ५ र ६ गतेका लागि सारिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय ऊर्जा सम्मेलनको संरक्षक रहने इपानले जनाएको छ । इपानका अनुसार नेपालस्थित भारतीय दूतावास ऊर्जा सम्मेलनको ‘कन्ट्री पार्टनर’ रहनेछ । विश्व बैंक, आइएफसी,एफएमओ, युएसआइडी लगायत विकास साझेदार प्रयोजक छन् ।

इपानले सन् २००६ मा पहिलो पटक ऊर्जा सम्मेलनको आयोजना गरेको थियो । त्यस यता नियमितरूपमा ऊर्जा सम्मेलनको आयोजना गर्दै आइरहेको छ ।


Read Previous

धनगढीमाईका कृषककाे सिँचाइ मिटरको महसुल नगरपालिकाले तिरिदिने

Read Next

‘निजी क्षेत्रलाई प्रसारण लाइन निर्माण र विद्युत व्यापार गर्ने ढोका खोलिदिनु पर्छ’

Leave a Reply

Your email address will not be published.