Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

महाकाली लोकमार्ग निर्माणकाे ठेक्का लागे पनि प्रगति भएन


महेन्द्रनगर । महाकाली लोकमार्गअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म ट्र्याक खोल्न निर्माण व्यवसायीले ठेक्का पाए पनि काम भने अगाडि बढ्न सकेको छैन । ठेक्का पाएको दुई वर्ष बितिसक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले काममा असर परेकोे हो ।

महाकाली करिडोरको शून्य बिन्दु (कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोगबुढासम्म १५ किमी) ट्र्याक खोल्ने कामको ठेक्का लिएको २ वर्ष हुनलाक्दा पनि ट्र्याक खोल्नुपर्ने क्षेत्रमा रुख कटानको आदेश नआएकाले ११ किलोमिटर ट्र्याक खोल्ने काम रोकिएकोे निर्माण व्यवसायी देवीदत्त भट्टले बताए । दिवा–सनिदेव जेभीसँग विसं २०८० असारसम्म निर्माण सम्पन्न गर्ने गरी ५ करोड ५० लाख रूपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

‘रुख कटानको आदेश आउँछ भनेको डेढ वर्ष भइसक्यो’, उनले भने, ‘डडेल्धुरातर्फको चार किमीमा रुख कटानको आदेश आएपछि ट्र्याक खोलिसक्यौँ तर कञ्चनपुरतर्फको भने रोकिएको छ ।’  निर्माण व्यवसायी भट्टले उपकरणसहित कार्यक्षेत्रमा तयारी अवस्थामा बसे पनि रुख कटानको आदेश नआउँदा काममा ढिलाइ हुनाका साथै आर्थिक नोक्सानी व्यहोर्नु परेको गुनासो गरे ।

लोकमार्गको उक्त खण्डमा पहिलो चरणमा ब्रह्मदेव क्षेत्रमा एक हजार ९५१ रुख कटान गर्नुपर्नेछ । ‘ठेक्कको समयावधि आगामी असारसम्म छ’, उनले भने, ‘रुख कटानको आदेश आउला र काम सुरु गरौँला भनेर बसेका छौँ ।’

निर्माण व्यवसायी भट्टले ब्रह्मदेव क्षेत्रको सेल्फी डाँडासम्म रुख नभएकाले ट्र्याक खोल्न समस्या नभएको बताए । ‘ठेकेदारले काम गरेन भनेर बद्नाम धेरै गर्छन्’, उनले भने, ‘तर सरकारी उल्झनले काम गर्ने वातावरण नहुँदा काम गर्न समस्या भइरहेको छ ।’

त्यस्तै महाकाली करिडोर दार्चुला तिङ्कर सडक आयोजनाले रुख कटानको विषय अघि बढिसकेको जनाएको छ । सोही लोकमार्गअन्तर्गत डडेल्धुरा क्षेत्रको एउटा प्याकेजले एक वर्षदेखि रुख कटानको आदेश पर्खिरहेको छ । डडेल्धुरामा लोकमार्गको २८ देखि ३८ किमीसम्मको भागमा रुख कटानको आदेश आएपछि काम भइरहेको छ । उक्त ट्र्याक खोल्ने जिम्मा केएस–मित्र जेभी कम्पनीले लिएको थियो ।

रुख कटानको आदेश नआइ काम गर्नसक्ने अवस्था नभएको कम्पनीका प्रतिनिधि डिल्लीराज लेखकले बताए । ‘अठतिस देखि ६५ किमीसम्मको २७ किमी ट्र्याक खोल्ने ठेक्का भएको वर्ष दिन हुँदा पनि रुख कटानको आदेश नआएपछि काम सुरु भएको छैन’ उनले भने । निर्माणको ठेक्का सम्झौता गर्नुअघि नै काम गर्ने वातावरण सरकारले बनाइदिनुपर्नेमा उनले जाेड दिए ।

उक्त क्षेत्रमा छ हजार रुख कटान गर्नुपर्ने प्रतिनिधि लेखकले जानकारी दिए ।  छत्तिस महिनाभित्र सडकको ट्र्याक खोल्ने गरी २३ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको थियो । रासस


Read Previous

मदन भण्डारी राजमार्ग ताेकिएकाे समयमा पूरा नहुने, अझै २८६ किमी ठेक्का लगाउन बाँकी

Read Next

‘सञ्चार क्षेत्रलाई प्रभावकारी बनाउन तीन तहका सरकाबीच समन्वय आवश्यक’

Leave a Reply

Your email address will not be published. Required fields are marked *