Nepal Purbadhar

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024

आइतवार, बैशाख १६, २०८१
Sunday, April 28, 2024
नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ,ठूला पूर्वाधार परियाेजनामा लगानी गर्नुहोस्: प्रधानमन्त्री दाहाल नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्यः अर्थमन्त्री पुन    राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी    तेस्राे लगानी सम्मेलन सुरु, प्रधानमन्त्री दाहालले गरे उद्घाटन पुल डिजाइन र प्रोजेक्ट म्यानेजमेन्ट सम्बन्धी तालिम सम्पन्न हेटौंडा-ढल्केबर-इनरुवा प्रसारण लाइनकाे पूर्वी खण्ड बिस्तारमा स्थानीय अवरोध,तार तान्ने काम प्रभावित    लगानी सम्मेलनमा २० परियोजनामा आशयपत्र आह्वान गरिँदै    १५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन सुरु हुँदै   

शीतभण्डार निर्माण ७० प्रतिशत सकियो


नेपालगञ्ज । आलुको पकेट क्षेत्र मानिने बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनीयामा निर्माणाधीन आलु शीतभण्डार निर्माण ७० प्रतिशत पूरा भएको छ ।

गाउँपालिकामा गाउँसभा ढिलो भएका कारण बजेट अभावले शीतभण्डारको काम निर्धारित समयमा हुन नसकेको डुडुवा गाउँपालिका, कृषि शाखाका प्रमुख सुशील शर्माको भनाइ छ । ‘बजेट र भुक्तानीअनुसार शीतभण्डारको काम भइरहेको छ’,उनले भने ।

पालिकामा एक किसानले कम्तीमा तीनदेखि चार हजार बोरा आलु उत्पादन गर्छन् । उत्पादित आलु भण्डारण गर्न अहिले कोहलपुस्थित शीतभण्डारमा लैजाने गरिएको छ ।सात सय मेट्रिक टन आलु भण्डारण क्षमता भएको शीतभण्डारमा आलु बीउ, तरकारी खाने आलु र दैनिक बिक्री गर्न लैजाने आलुको भण्डार गर्ने लक्ष्यसहित स्थापना गर्न लागिएको हो ।

बीउ आलुका लागि दुई सय मेट्रिक टन, र बाँकी बिक्रीका लागि रहने आलु भण्डारण गरिनेछ । ‘आगामी दशैँसम्ममा शीतभण्डारको काम हुने र अबको सिजनको आलु भण्डारण गर्न मिल्ने गरी निर्माण भइरहेको छ’, उनले भने । शीतभण्डार निर्माणसँगै किसानले आलु भण्डारण गर्न कोहलपुरलगायतका ठाउँमा लैजाने अवस्थाको समेत अन्त्य हुने उनकाे विश्वास छ ।

शर्माले यो वर्ष पनि बजेट कटौती भए पुनः सम्झौता भएको म्याद थप हुने उल्लेख गर्दै ट्रष्ट राखेर उपकरण जडानलगायतका काम बाँकी रहेको बताए । सम्झौता भएको दुई वर्षमा निर्माण सक्ने गरी २०७९ असार १७ मा ठेक्का सम्झौता भए पनि अहिलेसम्म ट्रष्ट निर्माणको कामसमेत पूरा नभएको पारामाउण्ट नेचुरल जेभी काठमाडौँका प्रमुख कमल अधिकारीले जानकारी दिए ।

उनले ट्रष्ट निर्माणको काम केही भएको र ट्रष्ट निर्माणको काम भारतीय कम्पनीले लिएको बताए । डुडुवा गाउँपालिकाको ५ करोड ८९ लाख २८ हजार ५५२ रूपैयाँमा शीतभण्डार निर्माण गर्न लागिएको हो ।

सम्झौताअनुसार निर्माण कम्पनीले २०८० असार १९ मा निर्माण पूरा गरी डुडुवा गाउँपालिकालाई बुझाउनु पर्नेछ । तर, तोकिएको समयमा निर्माण पूरा गर्न नसकिने निर्माण कम्पनीले जनाएको छ । ‘तोकिएको समयमा निर्माण पूरा हुने सम्भावना छैन, कम्तीमा चार महिना समय थप गर्नुपर्ने देखिन्छ’, निर्माण कम्पनीका प्रमुख अधिकारीले भने ।


Read Previous

एडिबी र प्राधिकरणको उच्चस्तरीय टोलीद्वारा तनहुँ जलविद्युतको अनुगमन, तोकिएकै समयमा आयोजना सम्पन्न गर्न निर्देशन

Read Next

सामुदायिक होमस्टेले लोभ्यायो पर्यटक

Leave a Reply

Your email address will not be published.