Nepal Purbadhar

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

बुधबार, बैशाख १२, २०८१
Wednesday, April 24, 2024

प्रदेश सरकारको गौरवको योजना निर्माणमा ढिलाइ


पर्वत । गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक गौरवको आयोजनाअन्तर्गत पर्वतमा सञ्चालित सडक आयोजना निर्माणमा ढिलाइ भएको छ । उक्त योजना दुई वर्षदेखि निर्माणाधिन अवस्थामा छ ।

जलजला गाउँपालिकाअन्तर्गत मिलनचोकबाट सल्यान घाहाखेत–धारापानी–ठोट्नेरी जोड्ने सडक हालसम्म अधुरै छ । ठेकेदार कम्पनीले समयमा काम नगर्दा सम्झौता अवधि सकिएको १८ महिना नाघिसक्दासमेत पनि कामले निरन्तरता पाउन सकेको छैन ।

सडक कालोपत्रको शिलान्यासपछि केही काम भए पनि विगत २ वर्षदेखि ठेकेदार कम्पनीको रूपमा रहेको हिमदुङ एण्ड थोकर निर्माण सेवा सम्पर्कविहीन बनेको छ ।

कम्पनीले २०७६ मङ्सिरमा रु २८ करोड १३ लाखमा १० किलोमिटर सडक स्तरोन्नति र कालोपत्रको जिम्मा लिएको थियो । गण्डकी प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक आयोजनाअन्तर्गतको सो सडक २०७८ मङ्सिरमा निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । म्याद थप गरेर आगामी असारसम्मको सम्झौता कायम गरिए पनि अहिलेसम्म काम सुरु नभएपछि स्थानीयवासीले विरोध जनाएका छन् ।

‘अहिलेसम्म काम गर्ने सुरसार नै छैन्’, स्थानीय राजु आचार्यले भने, ‘निर्माण व्यवसायीलाई सम्पर्कमै ल्याउन सकिएको छैन । काम अघि बढाउन पूर्वाधार विकास कार्यालय र भौतिक योजना तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराए पनि सुनुवाइ भएको छैन ।’

गाउँपालिका अध्यक्ष राजु आचार्यले पालिकाले पटक–पटक आग्रह गर्दासमेत सम्पर्कमा नआएको बताए । सडक निर्माणलाई अधकल्चो बनाएर छाडिएकाले बस्तीमा पहिराको जोखिम बढेको छ । रासस


Read Previous

लेख रचनाका लागि आह्वान

Read Next

रानी-जमरा-कुलरिया सिँचाइको काम आधा पनि भएन

Leave a Reply

Your email address will not be published.