Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

म्याग्दीकाे पटारमा ‘एक घर, एक धारा’


म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ पटारमा खानेपानी आयोजना निर्माण भएको छ । गोर्खा वेल्यफेयर ट्रष्टको सहयोग र स्थानीयवासीको श्रमदानमा पटारमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको हो । पटारका बासिन्दासमेत रहेका वडा सदस्य भीमबहादुर तिलिजाले आयोजनाबाट २९ घरधुरीका एक सय ५९ जनसङ्ख्या लाभान्वित भएका जानकारी दिए ।

‘मिटर जडित निजी धारामार्फत खानेपानी वितरण गरिएको छ’, उनले भने, ‘आँगनकै धारामा नियमित खानेपानी आपूर्ति भएपछि समयको बचत र झन्झट हटेको छ ।’ दुईवटा सार्वजनिक धारा निर्माण गरिएको छ । पटारवासीले यसअघि पुरानो आयोजनाको सार्वजनिक धारामार्फत खानेपानी उपभोग गर्दै आएका थिए ।

कुल २६ लाख ७४ हजार ३१४  रूपैयाँ लागत अनुमान गरिएको थियो । वेल्फेयरको  १७ लाख ६ हजार ८९७ र उपभोक्ताको ९ लाख ६७ हजार ४१६ रूपैयाँकाे लागतमा आयोजना निर्माण भएको वेल्फेयर ट्रष्टले जनाएको छ ।

गत फागुन ६ गते सम्झौता भएको आयोजना यही चैत १० गते सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । सोमबार आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । अधिकांश विकास आयोजना ढिलासुस्तीले थलिएको अवस्थामा पटार खानेपानी आयोजना निर्धारित समयभित्रै सम्पन्न भएको अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए ।

गोर्खा वेल्फेयर ट्रष्ट र उपभोक्ताको लागत साझेदारीमा अन्नपूर्ण गाउँपालिकामा थप दुईवटा आयोजना निर्माणको अन्तिम चरणमा छन् । पटारसहितका तीन आयोजनाबाट एक सय दुई घरका पाँच सय ११ जनसङ्ख्या लाभान्वित हुनेछन् । कुल १ करोड ४० लाख १४ हजार ९३५ रूपैयाँको लागतमा निर्माण सुरु भएको आयोजनाबाट उपभोक्ताको घर, विद्यालय र सार्वजनिकस्थलमा एक सय आठवटा निजी धारा जडान गरिने गोर्खा वेल्फेयर ट्रष्टका परियोजना प्रवन्धक बेलबहादुर गुरुङले जानकारी दिए ।

‘अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ मा दानाबजार र द्धवारी खानेपानी आयोजना पनि निर्माणको अन्तिम चरणमा छन्’, उनले भने, ‘संस्थाले कुल लागतको ६३ देखि ६६ प्रतिशत साझेदारी गरेको छ ।’

कुल ६७ लाख ६७ रूपैयाँ लागत अनुमान गरिएको दानाबजार खानेपानी आयोजनाबाट निर्माण हुने ५१ धारामार्फत दुई सय ३० जनसङ्ख्या लाभान्वित हुनेछन् । ४६ लाख ४० हजार ५५४ रूपैयाँ लागत अनुमान गरिएको द्धवारी खानेपानी आयोजनामार्फत निर्माण हुने २६ धाराबाट एक सय १२ जनसङ्ख्या लाभान्वित हुने संस्थाले जनाएको छ ।

गोर्खा वेल्फेयर ट्रष्टले अन्नपूर्ण गाउँपालिकाको १० वर्षे खानेपानी सरसफाइ तथा स्वच्छता योजना पनि तयार पारेको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । हाल खानेपानी र सरसफाइको अवस्था, आवश्यकता समेटिएको योजनाका आधारमा खानेपानी तथा सरसफाइको पुहँच विस्तार योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष पुनले बताए ।

खानेपानी विभागको मापदण्डअनुसार अन्नपूर्णका शतप्रतिशत नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन २५ वटा थप आयोजना निर्माण गर्नुपर्ने, नौवटा विभिन्न निकायमार्फत निर्माणाधीन रहेका र मौजुदासहित रु ८९ करोड बजेट आवश्यक पर्ने योजनामा औँल्याइएको छ । रासस


Read Previous

तनहुँको सराङघाट सबस्टेसनको उद्घाटन

Read Next

मेघौली विमानस्थल स्तराेन्नतिकाे लागि धावनमार्गमा ग्रावेल बिछ्याइँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *