Nepal Purbadhar

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024

मङ्लबार, मंसिर २५, २०८१
Tuesday, December 10, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

अलपत्र चारलेन सडक निर्माण सुरु


राँझा । बाँकेको खजुराबजार क्षेत्रमा लामो समयदेखि अलपत्र चारलेन सडक निर्माण सुरु भएको छ । खजुरा गाउँपालिका, स्थानीय र सरोकारवाला निकायले पटक–पटक आग्रह गरेपछि ठेकेदार कम्पनी गजुरमुखी निर्माण सेवाले बुधबारदेखि काम सुरु गरेको खजुरा गाउँपालिका अध्यक्ष डम्बर विकले जानकारी दिए ।

सडक डिभिजन नेपालगञ्ज अन्तर्गत बाँकेको खजुरा बजारमा निर्माणाधीन चारलेन सडक लामो समयदेखि अलपत्र हुँदा जनताले सास्ती बेहोर्नु परेको छ । समयमै सडक नबन्दा जनताले दुःख पाइरहेको अवस्थालाई ध्यान दिँदै सडक निर्माणका लागि पहल गरिएको अध्यक्ष विकले बताए ।

विसं २०७४ चैत २९ मा सम्झौता गरी बाँकेको खजुरामा १ हजार ८ सय मिटर र बर्दियाको गुलरियामा २ हजार २ सय मिटर लम्बाइको चार लेन सडक निर्माण थालिएको थियो ।

निर्माण कम्पनीले विभिन्न बहाना देखाउँदै दुईपटक म्याद थपे पनि निर्माण सम्पन्न हुनसकेको छैन । गजुरमुखी निर्माण सेवाले २०७७ असोजमा सम्पन्न गर्ने गरी २२ करोड रूपैयाँको लागतमा निर्माण थालिएको सडक हालसम्म पूरा नहुँदा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

विसं २०७८ चैत ३० मा पहिलो पटक म्याद गरिएको थियो । जसमा २०७९ पुस २९ मा सम्पन्न गर्नेगरी सम्झौता भएको सडक डिभिजन कार्यालय नेपालगञ्जका सूचना अधिकारी जनकबहादुर धामीले जानकारी दिए ।

उनका अनुसार, निर्माण कम्पनीको लापरबाहीका कारण सडक निर्माणमा ढिलाइ भएको हो । २०७४ मा काम सुरु भएयता निर्माण कम्पनीले करिब १८ करोड रूपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण कम्पनीले कोरोना महामारीको कारण देखाउँदै पटकपटक म्याद थपिरहेको छ ।


Read Previous

ओझेलमा ढोरपाटनः थपिदै हाेटल र हाेमस्टे, बढ्दै पर्यटक

Read Next

पहिलो ‘ह्याबीटाट इनोभेसन कन्क्लेभ’ भोलि

Leave a Reply

Your email address will not be published. Required fields are marked *