Nepal Purbadhar

आइडिया स्टुडियो नेपालकाे छैटाैं सिजनका उद्दमीहरुको उत्पादन सार्वजनिक


काठमाडाैं । आइडिया स्टुडियो नेपालकाे छैटाैं सिजनका उद्दमीहरुको उत्पादन साेमबार राजधानीमा सार्वजनिक गरिएकाे छ ।

सार्वजनिक कार्यक्रममा आइडिया स्टुडियो सिजन ६ का आइडिएटर उचिता महर्जनको उत्पादन ‘उचित जैविक उद्योग’, कमला लामाको उत्पादन ‘ज्याम्बाल कृषि फर्म’ आनन्द कुमार श्रेष्ठ र सुलोचना श्रेष्ठ को उत्पादन ‘टमाटार प्युरी’ र सुस्मा राना र अशोक प्रसाद चौधरी को उत्पादन ‘अबिराम एग्रोटेक’ को प्रोडक्क  सार्वजनिक गरिएकाे हाे ।

उचित जैविक उद्योग कम्पनीले राइस ब्रान्ड, तोरिको पिना, बोन मिल आदिको प्रयोग गरेर उत्पादन नघटाउने किसिमको जैविक मल बनाइरहेकाे छ । कम्पनीमा जैविक मल, मल्टिभिटामिन, पशुपालनको लागि जैविक पैष्टिक आहार लगायत वस्तुहरुको उत्पादन भइरहेको छ, जुन बायो प्रडक्ट हो । रसायनिक मलको विस्थापन गर्नु नै उचित जैविक उद्योगको सोच छ । यस उद्योगको जैविक मल प्रदेश २ बाट शुचिकरण भएको र प्रती घण्टा एक टन उत्पादन भइरहेको छ |

ज्याम्बाला कृषि फर्म तथा लघु उद्यम मार्फत सिजनेबल फलफूल (बिषेश गरी लोकल) जुन भोगटे, हलुवावेद,आरु, नास्पाती जलबिरे जस्ता गाउँमा खेर गइरहेका फलफूलका बोक्रा देखि सबै भागको प्रशोधन गरेर नयाँ प्रोडक्ट तयार गरी बजारीकरण गरी आय आर्जन गरिरहेका छन् ।

फलफूलका बोक्रादेखि सबै भागको नयाँ उत्पादनहरु जस्तै भोगटे क्याण्डी, ड्राइ फ्रुट, जाम, अचार जस्ता प्रोडक्टहरु निकालेर बजारमा बिक्री वितरण गर्दै आएकी छिन् काभ्रेकी कमला लामाले । अहिले २०७५ सालमा दर्ता गरी २०७९सम्म आइपुग्दा दैनिक २० देखि  २५जनाले रोजगारी पाएको र उनको उद्योगले दैनिक २० देखि ५० हजारसम्मको कारोबार गर्दै आएका छन् ।

‘एग्रो आर्मी प्रालि सेभ फुड’ मार्फत सेभ फार्मरको अवधारणाले यस कार्यको सुरुवात गरिएको हो । किसानले उत्पादन गरेको टमाटर बजारमा खपत नभएर टमाटर खेर फ्याक्नु पर्ने अवस्था आउने र केही समय पछि बजारमा टमाटरको भाउ आकाशीएर उपभोक्ता महङ्गीको मारमा पर्नु परेको भन्दै समस्या समाधान गर्ने प्रयास उनीहरुले गरिरहेको छन् ।

१२ दिनमै सडेर खेर जाने टमाटरलाई प्रशोधन गरेर संरक्षण गरि १२ महिनासम्म सुरक्षित राख्ने काम उनीहरुले गर्दै आएका छन् । टमाटरको प्युरि बनाएर बोतलमा प्याक गरेर पार्टी प्यालेस, होटेल तथा रेस्टुरेन्टमा बिक्री तथा वितरण गर्ने काम उनीहरुको छ।

‘अबिराम एग्रोटेक’ ले बिगत ३ वर्षदेखि अण्डाबाट चल्ला कोरल्ने मेसिन बिक्री वितरण गर्दै आएका छन्। सामान्य किसानले सरल तरिकाले व्यावसायिक उत्पाद्न लिन सक्ने गाउँदेखि सहरसम्म उपभोक्ताको माग अनुसारको मेसिन उनीहरुले बिक्री तथा वितरण गर्दै आएका छन् । यो स्थानीय सहर बजारको स्रोत साधनको पूनः प्रयोग गर्दै वातावरण्मैत्री, सरल र सहजै चलाउन सकिने, कम लगानीमै किसानको घर दैलोमा पुराउन सफल भएको उनीहरुको भनाइ छ।

परमपरागत तरिकाले भनेको जस्तो उत्पादन नहुने कारणहरु जस्तैः वातावरणीय/मौसमको प्रभाव, ओथारो बसेको पोथीलाई विशेष हेरबिचार चाहिने तथा पोथीमा सुलसुलो लाग्ने, सबै अण्डालाई बराबर स्याहार नहुने आदि जसले गर्दा व्यवसायिक उत्पादन लिन सकिदैन।

तर मेसिनमा यी समस्या देखिदैन र सजिलै व्यावसायिक उत्पादन लिन सकिन्छ। यो मेसिनबाट खेर जाने तरकारी, फल्फुल वा मासुजन्य उल्पादनलाई सुकाएर पूनः प्रयोगमा ल्याउन सकिन्छ।

आइडिया स्टुडियो नेपालले आफ्नो विभिन्न कार्यक्रमको मार्फतबाट देशको ७ वटै प्रदेशमा १६ देखि ६७ वर्ष उमेर समूहका व्यक्तिहरूको सहभागिता जुटाउन सफल भएको छ । आईडिया स्टुडियो नेपालले नेपाली उत्पादन प्रवद्र्धन गर्ने, सामाजिक रुपान्तरणमा योगदान पुर्याउने, प्रविधि सम्वद्ध तथा हरियाली र पर्यावरण प्रवद्र्धन गर्ने जस्ता सबै ‌‍‍‍क्षेत्रका नयाँ सोच/आइडियाहरुलाई विशेष प्राथमिकता दिन्छ ।

कार्यक्रममा ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिट्यालिटी एजुकेसन (गेट कलेज)का कलीनेरि निर्देशक मायाङ्क गर्ग, ग्लोबल कलेज अफ टुरिजम एन्ड हस्पिट्यालिटी एजुकेसन (गेट) का फुड एन्ड बेभेरेज का विभागीय प्रमुख तारा जङ्ग थापा , एकेडेमी अफ कुलिनेरी आर्टका इन्फरमेसन टेक्नोलोजि निर्देशक कृष्ण राम महर्जन र आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष डा. छिरि्ङ लामाको उपस्थिति थियाे ।


Read Previous

काठमाडौं–केरुङ रेलमार्गमा अध्ययनको काम आगामी महिनादेखि सुरु

Read Next

समपूरक र विशेष अनुदान लिन करिब डेढ खर्ब लागतका साढे ४ हजार आयोजना प्रस्ताव