Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

भूगोल इनर्जीको आइपिओ बिक्री खुला


काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आइपिओ बिक्री खुलाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएकाहरूका लागि साधारण सेयर आईपीओ बिक्री खुलाएको हो । कम्पनीले आजदेखि जारी पुँजीको १० प्रतिशतका दरले स्थानीयवासीलाई आईपीओ बिक्री खुलाएको छ।

कम्पनीको जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशतका दरले हुन आउने ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको आईपीओ बिक्री खुलाएको हो । कम्पनीले स्थानीयका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित ५ लाख ४४ हजार ५३ कित्ता सेयर छुट्याएको छ ।

यसमध्ये आयोजनाबाट अति प्रभावित नौमुले द्वारीका स्थानीयलाई २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ । यस्तै, दैलेख जिल्लावासीका लागि २ लाख ७२ हजार २६ कित्ता सेयर छुट्याइएको छ ।

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको सेयरबाट वैदेशिक रोजगारीमा रहेकाहरूलाई १ लाख ८ हजार ८११ कित्ता सेयर बिक्री खुलाइएको छ । यो आईपीओमा स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरूलाई छिटोमा फागुन २५ गतेसम्ममा आवेदन दिन पाउनेछन् । आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ ।


Read Previous

निर्माण व्यवसायी र पालिकाबीचको विवादले अस्पताल निर्माण अलपत्र

Read Next

भारतले दियो नेपाललाई २०० थान मृर्गौला डायलासिस मेसिन