Nepal Purbadhar

ब्रोकरले अनुमति पाएको ३ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने


काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा खोल्न अनुमति पाएको तिन महिनाभित्र शाखा सञ्चालनमा ल्याउनुपर्ने भएको छ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार धितोपत्र व्यवसायीले शाखा कार्यालय खोल्ने सम्बन्धी निर्देशिका २०७९ जारी गर्दै अनुमति पाएको तीन महिनाभित्र शाखा सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ।

ब्रोकरले आवश्यक कागजातसहित एक पटकमा एउटा मात्र शाखा खोल्नको लागि निवदेन दिनुपर्नेछ। शाखा कार्यालय सञ्चालन गर्न कम्तीमा सात दिन अगाडि धितोपत्र बोर्डलाई जानकारी गराउनुपर्नेछ। आवाश्यक पुर्वाधार तयार नभए १५ दिनको समय दिनेछ ।

त्यसपछि पनि तोकिएको पुर्वाधारको व्यवस्था नगरे अनुमति रद्दसमेत गर्न सकिने निर्देशिकामा उल्लेख छ। एउटा शाखा खोल्दा १ करोड ५० लाख चुक्तापूँजी कायम गर्नुपर्नेछ । यस्तै, चुक्तापुँजी भन्दा बढी नेटवर्थ हुनुपर्ने व्यवस्था गरिएको छ।

मुख्य कार्यालय रहेको जिल्लामा शाखा खोल्न पाइने छैन । यद्यपी दुर्गम जिल्लाको हकमा भने थप दुई शाखा खोल्न पाइने छ । ब्रोकरले काठमाडौं बाहिर कम्तीमा तीन शाखा खोलेपछि मात्र काठमाडौंमा शाखा खोल्न पाउने व्यवस्था गरिएको छ।

Facebook Comments

Read Previous

विद्यार्थी कृषि करेसारबारी कार्यक्रम लागू गर्दै विद्यालय

Read Next

कोभिड १९ को प्रभाव भावी पुस्तासम्म पर्ने विश्व बैंकको निष्कर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar