Nepal Purbadhar

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024

बिहिबार, बैशाख १३, २०८१
Thursday, April 25, 2024
सडक पहुँच पुगेपछि फुङ्लिङबाट ७ घन्टामै ओलाङ्चुङगोलाकाे यात्रा  हाइड्रो एक्स्पोकाे औपचारिक उद्घाटन, विद्युत निर्यातकाे हैसियतमा पुग्नु ठूलाे उपलब्धीः राष्ट्रपति पाैडेल आँधीखोला वितरण केन्द्रकाे विद्युत महसुल निर्धारण गर्न शुक्रबार सार्वजनिक सुनुवाई ‘महिलाको क्षमतामा विश्वास गरेर अवसर दिएमा ऊर्जा क्षेत्रलाई समावेशी बनाउन सकिन्छ’ भेरी करिडोरमा ३ वटा पक्की पुल निर्माण हुने    राष्ट्रपति पौडेलले बिहीबार हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन गर्ने ट्रयाक खुलेकाे ३ दशकपछि मानपुर-बुलिङटार सडकखण्डमा कालोपत्र गरिँदै    इभी र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, पहिलाे दिन ३ प्राविधिक सत्र हुँदै

कोभिड १९ को प्रभाव भावी पुस्तासम्म पर्ने विश्व बैंकको निष्कर्ष


काठमाडौं । विश्व बैंकले कोभिड १९ को प्रभाव दक्षिण एशियाली क्षेत्रका युवा तथा बालबालिका आउदो पुस्तासम्म रहने निष्कर्ष सार्वजनिक गरेको छ ।

महामाहीले युवा र बालबालिकोको स्वभाविक विकास र आम्दानीमा क्षति पुगेको तथा अर्थतन्त्रको विकास र युवालाई समेत असर गर्नेछ । बैंकले महामाहरीको विषयमा केन्द्रित भइ २५ वर्ष मुनिका युवालाई आधार बनाएर तथ्यांक विष्लेषणबाट यो निष्कर्ष निकालेको हो ।

युवा र बालबालिकोको मानव पुँजीको रुपमा रहेको ज्ञान, शीप र स्वास्थ्यको एकिकृत गरी आफ्नो क्षमतालाई प्रष्फुटन गर्ने मौका पाउँछन । मानव पुँजीलाई परिचालन गरेर मात्र बलियो र सफल वृद्धि हासिल गर्न सकिन्छ ।

तर, महामारीले युवा तथा बालबालिकाले ज्ञान प्राप्त गर्ने विद्यालयहरु बन्द गरायो । रोजगारी गर्ने ठाउँ बन्द भए । यसले मानव पुँजीलाई प्रवद्र्धन र सुरक्षित गर्ने स्वास्थ्य सेवा तथा रोजगार तालिम जस्ता अत्यावश्यक सेवालाई बिथोलेको विश्व बैंकको भनाइ छ ।

नयाँ प्रतिवदेनले बाल्यवस्थाको उमेर समुह (५ वर्षसम्म), विद्यालय जाने उमेर समुह (६ देखि १४ वर्ष र युवावस्था (१५ देखि २५) लाई समेटेको थियो । यो कोभिड महामारीपछि युवामा परेको त्यसको असरमा आधारित विस्तृत प्रतिवेदन हो । महामारीले गर्दा अहिलेका विद्यार्थीले भविष्यमा आफुले गर्ने आम्दानी क्षमताको १४ दशमलव ४ प्रतिशतसम्म न्युन हुनेछ ।

दक्षिण एशियामा सन् २०२० को अप्रिलदेखि २०२२ को मार्चसम्म आंशिक वा पूर्ण रुपले विद्यालयहरु बन्द भए । अध्ययनका अनुसार सामान्यतया १ सय दिन विद्यालय खुला हुन्थ्यो भनेर मान्दा त्यो अवधिमा १७ दिन मात्र खुल्यो । ८३ दिन बन्द भयो । त्यो दर विश्वप्यापी औसत दरभन्दा धेरैले न्यून हो ।

विश्वप्यापी विद्यालय खुला रहेको औसत दर ५२ प्रतिशत रहेको छ । यसको अर्थ १ सय दिन विद्यालय खुल्थ्यो भने ४८ दिन मात्र बन्द भयो । ५२ दिन आंशिक वा पूर्ण रुपले सञ्चालन भयो ।

दक्षिण एशियाली क्षेत्रमा दूर र अनलाईन शिक्षा पनि प्रभावकारी नभएको बैंकको भनाइ छ । यसले विद्यार्थीको नयाँ विषयबारे सिक्न सकेनन् भने सिकेको विषयसमेत विर्सिएको अध्ययनले देखाएको छ ।


Read Previous

ब्रोकरले अनुमति पाएको ३ महिनाभित्र शाखा कार्यालय खोल्नुपर्ने

Read Next

नियम बनाउँदा सरोकारवालासँग छलफल गरियो भने मात्र खोजेको नतिजा प्राप्त हुन्छ: वरिष्ठ उपाध्यक्ष ढकाल

Leave a Reply

Your email address will not be published.