Nepal Purbadhar

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024

शुक्रबार, मंसिर २८, २०८१
Friday, December 13, 2024
जलविद्युतमा निजी क्षेत्रको लगानी १५ खर्ब बढी : इप्पान अध्यक्ष कार्की सरकारले बाढी प्रभावित आयोजनालाई राहत दिन सक्दिन भनोस, हामी विकल्प खोज्छौ : अध्यक्ष कार्की बिस्फोटक पदार्थ आयात र विद्युत निर्यातमा सहजीकरण गर्छु : परराष्ट्रमन्त्री राणा डेढमहिनाभित्रमा पाइपलाइनबाट पेट्रोल आयात हुँदै,टेष्टिङको काम जारी एक वर्षमा १८ किलोमिटर कालोपत्र सिन्धुलीको बेलिब्रिज सञ्चालनमा, मन्त्री दाहालद्वारा निर्माणमा जुट्नेहरुलाई सम्मान वरिष्ठ ऊर्जा विज्ञमा अधिकारीको नियुक्तले निजी क्षेत्र उत्साहित :इप्पान एमसीसी अन्तर्गत १८ किलोमिटर भारतसँग सीमा जोड्ने प्रसारणलाइनको ठेक्का सम्झौता

भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ आउँदै


काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण शेयरको निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले यही फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गर्ने भएको हो।

कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४४ लाख ५ हजार तीन सय रुपैयाँ बराबरका प्रतिशेयर एक सय दरका पाँच लाख ४४ हजार ५३ कित्ता शेयर आयोजना प्रभावित क्षेत्र दैलेखका बासिन्दाका लागि निष्काशन गर्न लागेको हो।

त्यसमा अतिप्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ का बासिन्दाका लागि दुई लाख ७२ हजार २६ कित्ता र प्रभावित क्षेत्र दैलेखको नौमुले द्वारी–३ बाहेकका बासिन्दाका लागि दुई लाख ७२ हजार २७ कित्ता छुट्याइएको छ।

त्यस्तै सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुने १ लाख ८ हजार ८ सय ११ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारमा रहेका नेपालीका लागि निष्काशन गरिने कम्पनीले जनाएको छ।

स्थानीय लगानिकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ३० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। त्यसमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन बन्द छिटोमा यही फागुन २५ गते हुनेछ भने ढिलोमा आगामी चैत ७ मा हुने कम्पनीले जनाएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ३० हजार कित्ताका लागि यही फागुन २५ गतेभित्र आवेदन दिनुपर्ने छ।

स्थानीय बासिन्दाले आयोजनास्थलमा रहेको कम्पनीको कार्यालय, एनआइसी एशिया बैंक, प्रभु बैंक र ग्लोबल आइएमइ बैंकले तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालय तथा अनलाइनबाट ‘मेरो शेयर’मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ बी माइनस’ प्रमाणपत्र प्रदान गरेको छ।

कम्पनीले दैलेखको नौमुले–३ मा तीन दशमलव ७५ मेगावाट क्षमताको द्वारी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी २०७४ वैशाख २३ देखि सञ्चालनमा आइसकेको छ। आयोजनाको कूल लागत ७३ करोड १९ लाख ७८ हजार ८ सय ८ रुपैयाँ रहेको कम्पनीले जनाएको छ।


Read Previous

तीन करोड लगानीको कम्पोष्ट प्लान्ट उपयोगविहीन

Read Next

बाइभ्यालेन्ट खोपको पहिलो खेप काठमाडौं आइपुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *