Nepal Purbadhar

मुद्रास्फीतिले वाञ्छित सीमा नाघ्यो : राष्ट्र बैंक


काठमाडौं । सरकारले चालू आर्थिक वर्षका लागि मुद्रास्फीति सात प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य राखेकामा अर्धवार्षिक समीक्षा अवधिसम्म सात दशमलव २६ प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तमा वार्षिक विन्दुगत मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको छ। गत आर्थिक वर्ष २०७८/७९ को पुस मसान्तमा यस्तो मुद्रास्फीति पाँच दशमलव ६५ प्रतिशत बराबर थियो।

‘वार्षिक विन्दुगत आधारमा २०७९ पुस मसान्तमा आयात मूल्य सूचकांक आठ दशमलव सात प्रतिशतले बढेको छ भने तलब सूचकांक १२ दशमलव ३९ प्रतिशत र ज्यालादर सूचकांक नौ दशमलव ६४ प्रतिशतले वृद्धि भएको छ। पेट्रोलियम पदार्थको मूल्य वृद्धि र नेपाली रुपैयाँको अवमूल्यनका कारण आयातीत वस्तुहरूको मूल्य बढ्न गई उपभोक्ता मूल्यमा चाप पर्न गएको छ,’ मौद्रिक नीतिको समीक्षामार्फत राष्ट्र बैंकले भनेको छ। बाह्य तथा आन्तरिक आर्थिक परिदृश्यलाई दृष्टिगत गर्दा मूल्यमा रहेको चापमा कमी आउन अझै केही समय लाग्ने पनि राष्ट्र बैंकको भनाइ छ।

Facebook Comments

Read Previous

स्थानीय सडकको कुल लम्बाई ६५ हजार किलोमिटर पुग्यो, कुन प्रदेशमा कति ?

Read Next

तीन तहका सरकार र विश्व बैंककाे सहकार्यमा १३ अर्बकाे खानेपानी क्षेत्र सुधार र पूर्वाधार सहयाेग आयोजना शुभारम्भ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ

लोकप्रिय

Nepal Purbadhar