Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

ऐतिहासिक कान्द्राङगढीको पुनःनिर्माण गरिँदै


चितवन । चितवनको ऐतिहासिक किल्ला कान्द्राङगढीको पुनःनिर्माण गरिने भएको छ। संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएको गढीको पुरातत्व विभागले पुनःनिर्माण गर्न लागेको हो।

विभागले गढीको विस्तृत अध्ययनपश्चात् पुनःनिर्माणका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेर ठेक्का आह्वान गरिसकेको छ। चितवन र धादिङको सीमा क्षेत्रमा रहेको यो गढी राप्ती नगरपालिका–१३ मा पर्छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालका अनुसार गढीमा पर्खाल निर्माण, मर्मत र उत्खननका काम हुनेछन्। त्यहाँ भएका संरचनालाई संरक्षण गर्दै व्यवस्थित गर्ने काम गरिने उनले बताए।

‘गढीमा भग्नावशेष संरचना पुरानै आकारमा छन्, त्यसलाई जुन वस्तुशैलीमा छन् त्यस्तै बनाउँछौँ,’ उनले भने। गढीमा निर्माण गरिने संरचना वस्तु शैलीमा ढुंगा र माटोको जोडाइको हुने अधिकृत लम्सालले बताउनुभयो । गढीको संरक्षणका लागि नगरपालिकाले सडक निर्माण र अन्य व्यवस्थापनका काम गर्ने उनले जानकारी दिए।

‘प्रारम्भिक कामका रुपमा जीर्णोद्धार हुन्छ,’ उनले भने, ‘त्यसपछि आवश्यकताका आधारमा अन्य संरचना निर्माण गरिनेछ।’ ऐतिहासिक किल्ला भएका कारण यसको संरक्षणमा नगरपालिकाले प्राथमिकता दिएको उनको भनाइ छ। ‘पछिल्लो समय पनि जनप्रतिनिधिसहित स्थलगत रुपमा निरीक्षण गर्यौँ, यहाँ पर्यटनको प्रचुर सम्भावना छ,’ उनले भने।

कान्द्राङगढीमा सेन कालीन समयमा निर्माण गएिको र त्यतिबेला राज्यको सुरक्षाका लागि बनाइएका संरचना छन्। लिखित रूपमा ऐतिहासिक तथ्य नभए पनि वस्तुशैली हेर्दा पृथ्वीनारायण शाहले विभिन्न राज्य आक्रमण गर्दा चितवन र मकवानपुर निस्कने नाकाका रुपमा यस गढीलाई प्रयोग गरेको स्थानीयवासी बताउँछन्।

राप्ती–१३ का वडाध्यक्ष अशोककुमार प्रजाले कान्द्राङगढी संरक्षणको अभावमा जीर्ण बनेको भन्दै अब यसको संरक्षणमा जुटेको बताए। ‘यो पुर्खाहरूले धेरै मेहनतका साथ निर्माण गरेको गढी हो, यसको महत्व भविष्यका सन्ततिका लागि झन् बढ्नेछ,’ उनले भने। गढीको सुरक्षाका लागि प्रहरीचौकी स्थापना गर्नुपर्ने बताउँदै उनले त्यसका लागि पहल भइरहेको जानकारी दिए।

‘गढीको संरक्षण गर्दै यहाँ पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘घुम्न आउनेलाई खाने बस्ने ठाउँको समेत व्यवस्था गर्ने योजना बनाएका छौँ।’ आगामी आर्थिक वर्षमा वडाले बजेट विनियोजन गरेर मन्दिरसमेत निर्माण गर्ने उनले जानकारी दिए। कान्द्राङगढी पूर्वपश्चि राजमार्गको भण्डाराबाट ४२ किलोमिटरको दूरीमा पर्छ। यस्तै धादिङको मलेखुबाट २२ किलोमिटरको यात्रापछि गढीसम्म पुग्न सकिन्छ। भण्डारा–मलेखु चेपाङ मार्गबाट एक किलोमिटरको दूरीमा कान्द्राङगढी पर्छ।


Read Previous

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाबाट परीक्षण सुरु

Read Next

अघि बढ्यो ‘स्मार्ट स्ट्रिट लाइट’ जडान कार्य

Leave a Reply

Your email address will not be published.