Nepal Purbadhar

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024

शनिबार, जेष्ठ ५, २०८१
Saturday, May 18, 2024
इप्पानले स्थापना गर्यो, नीति अनुसन्धान र भवन निर्माण कोष त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै  

पर्यटन प्रवर्द्धन गर्न साइकलबाटै ‘टुर दि ठाकुरद्वारा’


राँझा। पर्यटन व्यवसायलाई साइक्लिङमार्फत प्रवर्द्धन गर्ने उद्देश्यले नेपालगञ्जबाट बर्दियाको ठाकुरद्वारासम्म साइकलयात्रा गरिने भएको छ। नेपालगञ्ज साइक्लिङ क्लबले आयोजना गर्ने यस अभियानमा करिब तीन सय साइकलयात्री बर्दिया राष्ट्रिय निकुञ्जमा अवस्थित ठाकुरद्वारा पुग्ने क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए।

उनका अनुसार यही माघ २६, २७ र २८ गते हुने नेपालगञ्ज साइकल महोत्सवअन्तर्गत ‘टुर दि ठाकुरद्वारा’ र ‘नेपालगञ्ज किड्स रेस’को पनि आयोजना गरिएको छ। ‘यही माघ २६ गते बागेश्वरी मन्दिरबाट सुरु हुने हाम्रो यात्रा त्रिभुवनचोक, गणेशमानचोक, खजुरामा रहेको सिमसार क्षेत्रबाट बढैयाताल अनि बाँसगढीको ओम केदारेश्वर मन्दिर अनि सतखलुवा ताल हुँदै ठाकुरद्वारा पुग्ने छौँ,’ अध्यक्ष निरौलाले भने, ‘२७ र २८ गते बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गल सफारी, हात्ती सफारी अनि नेपालकै लामो गेरुवा कर्णाली पुलको पनि अवलोकन गराउँदै कर्णाली चिसापानीसम्म पुर्याउने हाम्रो योजना छ।’

साइकलयात्राका लागि रुट र त्यसमा आवश्यक पर्ने सबैखालको समन्वय गरिसकेको बताउँदै अध्यक्ष निरौलाले ‘टुर दि ठाकुरद्वारा’मा अन्तरप्रदेशीय साइकलयात्री र अन्तर्राष्ट्रिय साइकलयात्रीसँगै स्थानीय साइकलयात्री पनि सहभागी हुने उल्लेख गरे।

‘साइक्लिङलाई हाम्रो संस्कृति र पर्यटनसँग जोडेर काम गर्ने हाम्रो मुख्य उद्देश्य हो। यस क्षेत्रमा सुरक्षित साइकलयात्रा र सहरमा साइकल लेनको विस्तारका लागि दबाब दिन पनि यस कार्यक्रमले सहयोग पुग्ने छ,’ क्लबका अध्यक्ष निरौलाले भने।

पर्यावरणमैत्रीरूपले पर्यटन र संस्कृतिको संरक्षण गर्नु ‘टुर दि ठाकुरद्वारा’ साइकलयात्राको उद्देश्य रहेको कार्यक्रम संयोजक प्रदीप सापकोटाले बताए। ‘यस क्षेत्रलाई प्रवद्र्धन गर्ने र पर्यावरण पर्यटनको विकासमा टेवा पुर्याउने उद्देश्यले नेपालगञ्ज साइक्लिङ क्लबले यो कार्यक्रम गरिरहेको छ,’ उनले भने, ‘साइकलयात्रीलाई स्थानीय पर्यटकीय गन्तव्य घुमाउने, स्थानीय परिकार चखाउने र स्थानीय संस्कृतिसँग साक्षात्कार गराउने योजना रहेको छ।’

‘टुर दि ठाकुरद्वारा’ साइकलयात्रामा भारतको बरेली, ओडिसा, लखनउ, मुम्बई, चण्डीगढ, लुधियाना, पन्जाब, नैनीताल, दिल्ली र कास्मिरलगायतका सहरबाट आएका अन्तर्राष्ट्रिय साइकलयात्री र राष्ट्रिय साइकलयात्री गरी करिब तीन सय जनालाई ‘सिटी सफारी’समेत गराइने उनले जानकारी दिए।


Read Previous

‘पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन’

Read Next

आशा लघुवित्तको लाभांश घोषणा

Leave a Reply

Your email address will not be published.