Nepal Purbadhar

ऊर्जा मन्त्री र इप्पानबीच भेट, समय सापेक्ष नयाँ विद्युत ऐन तत्काल ल्याउन सुझाब


काठमाडाैं । उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङदेनलाइ नयाँ विद्युत ऐन तत्काल ल्याउन स्वतन्त्र ऊर्जा उत्पादकहरूकाे संस्था नेपाल (इप्पान)ले सुझाब दिएकाे छ ।

मन्त्री र इप्पान प्रतिनिधीबीच साेमबार भएकाे भेटमा चार वर्षदेखि रोकिएको पीपीए खुला गर्न, विद्युत ब्यापारको लागि निजी क्षेत्रलाई स्वीकृति दिन र विद्युत ऐनलाई समय सापेक्षित बनाउन नयाँ विद्युत ऐन तत्काल ल्याउनुपर्ने लगायतका विषयमा सुझाब दिइएको थियो ।

आजको छलफल सकारात्मक रहेकाे इप्पानले जानकारी दिएकाे छ । तत्कालै परिणाम आउन सक्ने भन्दै ऊर्जा उत्पादकहरू उत्साहित भएका छन् ।

छलफल इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्य उपाध्यक्षहरु, आशिष गर्ग, मोहनकुमार डाँगी, महासचिव गोरे शेर्पा, सचिवहरु बलराम खतिवडा, भरतबहादुर खत्री, कोषाध्यक्ष आनन्द चौधरी, कार्य समिति सदस्यहरु प्रकाशचन्द्र दुलाल, उत्तम भ्लोन, बिक्रम बिष्टकाे सहभागिता थियो ।


Read Previous

सुन्दर यातायातको विद्युतीय बस सेवा र चार्जिङ स्टेशन बन्द

Read Next

बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा कर्जा लगानी वृद्धिदर घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar