Nepal Purbadhar

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

आइतवार, चैत्र १२, २०७९
Sunday, March 26, 2023

क्यान इन्फोटेक सेमिनारमा प्रविधि उद्योग र एकेडेमियाबीच छलफल हुने


काठमाडौं । कम्प्युटर एसोसियन अफ नेपाल महासंघको आयोजनामा माघ २४ देखि २९ गते ६ दिनसम्म राजधानीको भृकुटीमण्डपमा २८ औं संस्करणको क्यान इन्फोटेक २०२३ हुँदैछ । यो अवसरमा सूचना प्रविधिसम्बन्धी बृहत प्रदर्शनीका साथ प्रविधि उद्योग र एकेडेमिया बीच छलफल हुनेछ ।

क्यान महासंघले कोड फर चेन्जसँगको सहकार्यमा सेमिनार गर्न लागेको हो । यसअन्तर्गत माघ २५ देखि माघ २८ गतेसम्म हरेक दिन फरक फरक विषयमा सरोकारवालाहरूबीच छलफल एवं अन्तक्र्रिया हुने क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।

उनका अनुसार माघ २५ अर्थात बुधबार प्रविधि उद्योग र एकेडेमियाबीच अन्तरक्रिया विषयमा पहिलो सेमिनार आयोजना हुनेछ । नेपाल पर्यटन बोर्डको हलमा हरेक दिन दुई घण्टासम्म हुने सो सेमिनारमा नेपाल दूरसञ्चार प्राधिकरणकी उप निर्देशक तथा सेन्टर फरसाइबर सेक्युरिटी एन्ड रिसर्च इनोभेसनकी उपाध्यक्ष रोजा किरण बासुकला, स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु, टेक्सास कलेजका प्रिन्सिपल भेषराज पोखरेल, त्रिभुवन विश्वविद्यालयका उप९प्राध्यापक नवराज पौडेल, नेपाल सरकारका आईटी निर्देशक सुवास ढकाल र र कोड फर चेन्जका अध्यक्ष निराजन क्षेत्री वक्ताका रूपमा सहभागी छन् ।

कार्यक्रममा वर्तमान शिक्षा प्रणाली, आईटी बजारको माग र आवश्यकता, उद्योग र शिक्षण संस्थाबीच देखिएको दुरी, राज्यका नीति तथा कार्यक्रम लगायतका विषयमा छलफल हुनेछ । ‘विद्यार्थीहरूलाई शिक्षण संस्थाले गर्ने अभ्यासहरूमा के छुटिरहेको छ भन्ने कुरा स्पष्ट पार्न कार्यक्रम उपयोगी हुने देखिएको छ कार्यक्रम संयोजक निराजन क्षेत्रीले भने, ‘त्यस्तै प्रविधि कम्पनीहरूमा काम गर्न के के कुरा आवश्यक पर्छ भन्ने कुरा विद्यार्र्थीलाई देखाउन पनि
छलफलले सहयोग गर्नेछ ।’

सेमिनारमा १५० बढीको सहभागिता हुने बताइएको छ । यसअन्तर्गत कार्यक्रममा सूचना प्रविधि क्षेत्रका विद्यार्र्थी, उद्यमी,पेसाकर्मी तथा प्रविधिप्रेमी जोसुकै आउनसक्ने कार्यक्रम संयोजक क्षेत्रीले बताए ।


Read Previous

साँवा र ब्याज पुर्नतालिकीकरण गर्न चेम्बरको माग

Read Next

पूर्वाधार र यातायातमा सुशासनका लागि सुझाव कार्यदल गठन

Leave a Reply

Your email address will not be published.