Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

सिर्सिया भन्सारद्वारा लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन


काठमाडौं । मुलुकको तेस्रो ठूलो भन्सार पर्साको वीरगञ्जस्थित सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० को छ महिनामा लक्ष्यको ६७ प्रतिशत राजस्व संकलन गरेको छ।

चालू आर्थिक वर्षको साउनदेखि पुससम्ममा ३२ अर्ब तीन करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा २१ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकृत सन्तोषकुमार न्यौपाने जानकारी दिए। कार्यालयको चालू आवमा ६७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य छ।

सो भन्सार कार्यालयले आव २०७८/७९ मा लक्ष्यको ९४ दशमलव ९८ प्रतिशत र आव २०७७/७८ मा लक्ष्यको ९६ दशमलव ४० प्रतिशत राजस्व संकलन गरेको थियो। चालू आवमा लक्ष्यअनुसार राजस्व संकलन हुने सम्भावना कम रहेको न्यौपानेको भनाइ छ। समग्रमा आयात घट्नु, राजस्वमा बढी योगदान गर्ने वस्तु मदिराको आयातमा प्रतिबन्ध र तयारी वस्तु, बिस्कुट, चकलेटजस्ता वस्तुको आयात घट्दा राजस्व संकलन प्रभावित भएको उनी बताउँछन्।

गत आवभन्दा चालू आवको राजस्व संकलन लक्ष्य बढी भएको र आयात घटेकाले राजस्व संकलन प्रभावित भएको भन्सारका प्रमुख भन्सार अधिकृत जयबहादुर भण्डारीले बताए। यसबाहेक कतिपय वस्तुको आयातमा प्रतिबन्ध तथा एलसी खोल्नमा कडाइ गरिएकाले राजस्व संकलन घटेको उनको भनाइ छ। सरकारले मदिरा, मोबाइल, गाडीको आयात खुला गरे पनि आयातकर्ताले एलसी खोलेर आयात गर्न अझै समय लाग्ने भएकाले आगामी दुई महिना यस्तै अवस्था रहने भण्डारी बताउँछन्।


Read Previous

राजस्व संकलनलाई प्रभावकारी बनाउँदै काठमाडौं महानगर, एनआईसी बैंकसँग सफ्टवेयर एकीकृत

Read Next

सात वर्षमा पनि कालोपत्र भएन १७ किमी सडक

Leave a Reply

Your email address will not be published. Required fields are marked *