Nepal Purbadhar

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

आइतवार, फाल्गुन ४, २०८१
Sunday, February 16, 2025

सोलार फार्मले २० लाख कित्ता आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल


काठमाडौँ। सोलार फार्म लिमिटेडले २० लाख कित्ता आइपिओ जारी गर्ने भएको छ।

कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मूल्यमा २० करोड रुपैयाँबराबरको आइपिओ जारी गर्न लागेको हो। कम्पनीले यो आइपिओ आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि निष्काशन गर्ने भएको हो ।

कम्पनीले आइपिओ जारी गर्न निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड नियुक्त गरेको छ। सम्झौतापत्रमा सोलार फार्म लिमिटेडका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आषबहादुर गुरुङ (मोहन) तथा कुमारी क्यापिटलका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन्।

सोलार फार्म लिमिटेडको अधिकृत पुँजी ६५ करोड रुपैयाँ, जारी पुँजी ६५ करोड रुपैयाँ तथा चुक्ता पूँजी ४५ करोड रुपैयाँ रहेको छ।


Read Previous

दाङका सबै क्रसर उद्योग बन्द

Read Next

तारकेश्वरमा ४४ करोडको लागतमा खानेपानी आयोजना निर्माण हुने