Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

इ-सेवाबाट दैनिक एक रुपैयाँभन्दा सस्तोमा पूर्ण हेल्थ केयर खरिद गर्न सकिने


काठमाडौँ । नेपालको भुक्तानी सेवा प्रदायक इ–सेवाबाट दैनिक एक रुपैयाँभन्दा सस्तोमा पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ।

इ–सेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यो सुविधा ल्याएको बताएको छ।

यस सुविधा प्रयोग गर्नका लागि इ–सेवाको मोबाइल एपमा गइ इ–सेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँभन्दा कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ।

ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक १ रुपैयाँमा दुई लाख ३० हजारसम्मको बीमा दाबी गर्न सकिनेछ।

यस प्योकजअन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनु पर्ने शुल्कको दाबी गर्न सकिनेछ।

यस प्याकेजमा २४ घण्टाभन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ।

इ–सेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुईलाख ३० हजारसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, एक सय रुपैयाँ इ–सेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा ५०० रुपैयाँ छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत छुट द ब्युटी बार नेपालमा बीस प्रतिशत लगायतका छुट रहेका छन्।

यसैगरी, हिमालयन एभरेष्ट इन्स्योरेन्समार्फत अस्पतालको बेड चार्जमा १० हजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एक लाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एक लाखसम्म, अन्त्येष्टि यातायात खर्च एक लाखसम्म, अन्त्येष्टि खर्च १० हजार रुपैयाँसम्म पाउने लगायतका सुविधा रहेका छन्।

यसैगरी, आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एक लाखसम्म, पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च १० हजार रूपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधीभित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ।

साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सञ्चलान गर्न नसकेमा २६ हप्तासम्म बीमाको ५ प्रतिशत वा वार्षिक २० हजार बराबरको रकम उपलब्ध हुनेछ।

यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्समा आवश्यक कागजात सहित सम्पर्क गर्नु पर्नेछ।

हाल इ–सेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइलमार्फत ६५ लाख बढी ग्राहकले सेवा लिइरहेका छन्।


Read Previous

कालीकोटमा विद्युत् सेवा अवरुद्ध

Read Next

तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश घोषणा

Leave a Reply

Your email address will not be published. Required fields are marked *