Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न


गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ । रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन भएको हो ।

आज बिहान ११ः१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुंगा नगरपालिका–१० स्थित सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो । यसअघि पनि २०७५ जेष्ठ २५ गते तारा एअरले नै परीक्षण उडान गरेको थियो ।

उक्त वायुयानलाई तारा एअरका बरिष्ठ चालक द्वोय क्याप्टेन सन्तोषकुमार साह र क्याप्टेन सञ्जिव श्रेष्ठले उडान भरेका तारा एअरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उनका अनुसार जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेपका (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सवार थिए। उडानबाट आएका सबै मानुभावहरुलाई माला लगाएरस्वागत गरिएको थियो ।

प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार परीक्षण उडान सम्पन्न भएसँगै अब नियमित उडानका प्रक्रिया सुरु गरिनेछ । नियमित उडानका लागि भने कम्तीमा दुईदेखि तीन साता लाग्नेछ । विमानस्थलमा तारा एयरले प्रारम्भमा रेसुङ्गा नगरपालिकासँगको समन्वयमा उडान गर्ने भएको हो ।


Read Previous

सर्वसाधारणका लागि आइपिओ निष्कासन गर्दै ‘कालिञ्चोक दर्शन’

Read Next

राहदानीको सर्भर समस्या हल गर्न फ्रान्सेली टोली नेपाल आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *