Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

गुल्मीको रेसुंगा विमानस्थलमा तारा एयरको डेमोस्ट्रेसन उडान


गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा आज डेमोस्ट्रेसन उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका १० स्थित सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको (एन)एएलओ ट्वीनअटर जहाजले आज बिहान ११ बजे डेमोस्ट्रेसन उडान गर्न लागेको हो ।

डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उडड्यन प्राधिकरण, तारा एयरलाइन्स र रेसुंगा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि तारा एयरले परीक्षण उडान गर्न लागेको नगरपालिका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।

डेमोस्ट्रेसन उडान हुने भएपछि नगरपालिकाले आज कार्यालयमा बिदा दिएको छ । ‘डेमोस्ट्रेसन उडान हुने भएपछि आइतबार नगरपालिका र वडा कार्यालयमा बिदा दिइएको छ,’ उपप्रमुख अमृताकादेवी कुँवरले भनिन्, ‘विद्यालयलगायतका अन्य स्थानमा भने बिदा हुने छैन ।’

विसं २०६३ सालदेखि निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो । कुल ३३ करोड लगातमा निर्माण गरिएको विमानस्थलको लम्बाई पाँच सय २० मिटर र चौडाइ २० मिटर छ । एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुन्द्र सतहदेखि १५ सय २६ मिटरको उचाइमा पर्छ।

आज हुने डेमोस्ट्रेसन उडानका लागि सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताए । जहाज काठमाडौंबाट बिहान ११ बजे उड्ने छ भने विमानस्थल आइपुग्दा करिब ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ।

डेमोस्ट्रेसन उडानपछि नियमित उडानका लागि थप प्रक्रिया थालिने यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताएका छन् ।

डेमोस्ट्रेसन उडानमार्फत् सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्र बहादुर कार्की लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी आउनेछन् । रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ साल जेठ २५ मा धुले परीक्षण उडान गरिएको थियो ।


Read Previous

दिक्तेल रुपाकोट मझुवागढीमा लिफ्टिङ खानेपानी योजनाको काम सुरु

Read Next

माडीका चार खानेपानी आयोजनामा आवश्यकभन्दा बढी आइरन

Leave a Reply

Your email address will not be published. Required fields are marked *