Nepal Purbadhar

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024

बुधबार, जेष्ठ २, २०८१
Wednesday, May 15, 2024
सिँचाइका लागि जडान गरिएका ८ वटा ‘डिपट्युवेल’ का ‘ट्रान्सफर्मर’ चोरी    पश्मिना निर्यात निर्देशिका सार्वजनिक, साना र मझौला उद्यमीकाे व्यापार सहज हुने सरकारकाे नीति तथा कार्यक्रमः थप १५ हजार हेक्टर कृषियोग्य भूमिमा सिँचाइ सुविधा पुर्याइने    पूर्वाधार विकासमा अन्तरतह तथा अन्तर निकाय समन्वय सुनिश्चित गरिने    आर्थिक वर्ष २०८१/८१ काे नीति तथा कार्यक्रमः बूढीगण्डकी र नलगाड जलविद्युत् आयोजनाको निर्माण सुरु थालिने   सरकारकाे नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने    १० महिनामा ६० प्रतिशत बजेट खर्च, पुँजीगत खर्च ३७.०४ प्रतिशत मात्रै भूकम्पले क्षतिग्रस्त संरचना पुनःनिर्माण गर्न ६३ अर्ब ५८ करोड रुपैयाँ चाहिने  

अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला फागुनमा


काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले फागुनमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं कृषि मेला आयोजना गर्ने भएको छ ।

फागुन २ देखि ६ गतेसम्म काठमाडौंको प्रदर्शनी मार्गस्थित भृकुटीमण्डप परिसरमा मेला आयोजना गर्न लागेको महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिए । तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरुको उत्पादनको प्रदर्शनी र व्यापार प्रवद्र्धन गर्ने विश्वास लिइएको छ ।

विहिवार महासंघको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरु, उपयुक्त प्रविधि प्रयोगकर्ताहरु र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागीता रहने बताए ।

‘प्रदर्शनीमा २०० वटा स्टल र २ लाख भन्दा बढी अवलोकनकर्ताहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ’ उनले भने । मेलामा ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अनुमान गरिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह आयोजकको रुपमा अर्गानिक एसोसिएसन अफ नेपाल, नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बागमती प्रदेश सरकार, सुदुरपश्चिम प्रदेश सरकारलगायत रहने छन् ।

कार्यक्रममा अर्गानिक एशोसिएसन नेपालका अध्यक्ष लता उपाध्यायले नेपालको अर्गानिक उत्पादनलाई निर्यातमुखी बनाउने र अन्तर्राष्ट्रिय व्यवसायीहरुलाई पनि आकर्षित गर्न अर्गानिक उत्पादनलाई सरकारले प्रोत्साहन गरिरहेको बताइन् ।

‘उत्पादनहरु सबै पालिकाबाट पनि गुणस्तर जाँच भईसकेपछि मात्र प्रदर्शनीमा राखिने र यसले नेपालको अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पुग्ने विश्वास लिएका छौं’ उनले भनिन् ।

हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत ३ वर्षदेखि हुन सकेको थिएन् । यस वर्ष भने नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘मिहिनेत, श्रृजना, उत्पादन र वस्तु मेरै नेपालको’ भन्ने नाराका तय गरिएको छ ।


Read Previous

विज्ञापनलाई व्यावसायिक, स्वच्छ र प्रतिस्पर्धी बनाउन जोड

Read Next

पेट्रोलियम पदार्थको मूल्य घटाउन प्रधानमन्त्रीको निर्देशन

Leave a Reply

Your email address will not be published.