Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

पाँचथरमा ग्रामीण भेगका सडक कालोपत्रे हुँदै


पाँचथर । पाँचथरमा पूर्वाधार विकास कार्यालयअन्तर्गत सञ्चालन भइरहेका कालोपत्रे हुने तीन वटा सडक आयोजनाको काम अघि बढेको छ । चारमध्ये एक आयोजनाको काम भने अघि बढ्न सकेको छैन ।

पाँचथरमा अहिले मुख्य सडक कालोपत्रेको काम अघि बढिरहेको पूर्वाधार विकास कार्यालय पाँचथरका प्रमुख राजनराज रिड्डीले बताए । उनका अनुसार अहिले तीन वटा आयोजनाको काम द्रुत गतिमा अघि बढिरहेको छ भने एउटा आयोजनाको काम पनि चाँडै अघि बढ्नेछ ।

फिदिम फालोटको १० किलोमिटर सडकको कालोपत्रे गर्ने कार्य ८० प्रतिशत र आर्थिक प्रगति ७४ प्रतिशत सकिएको छ । कन्काई पिएएस जेभी झापाले रु ६० करोड २७ लाखको लागतमा गत ०७६ असार ३० गते सो आयोजनाको जिम्मा लिएको थियो ।

उक्त आयोजनाको समय अवधि आगामी २०८० असार मसान्तसम्ममा सकिँदैछ तर कालापत्रे गर्ने कार्य फागुन महिनाको अन्त्यसम्ममा सकिने पूर्वाधार विकास कार्यालयको अनुमान छ । विसं २०७८ मसान्तसम्मै आयोजनाको काम सकिनुपर्ने भए पनि कोभिड महामारीको कारण दुई वर्ष समय थपिएको थियो ।

यस्तै यासोक सरखण्डे १३ दशमलव तीन किलोमिटर सडक रहेको आयोजनाको काम कोभिडले दुई वर्ष समय थपिएको थियो । अब यो आयोजनाको काम आगामी वर्ष असार मसान्तमा सकिँदैछ । यो सडकको अहिले भौतिक प्रगति ५० प्रतिशत र वित्तीय प्रगति ४६ प्रतिशत सकिएको कार्यालयले जनाएको छ ।

यो सडकको कालोपत्रे गर्ने जिम्मा लामा च्याङमिला जेभी काठमाडौँले ६० करोड ९२ लाख रुपैयाँको लागतमा लिएको हो । यस्तै सात किलोमिटर फिदिम शिवालय नाङलापा छिन्तापु सडकको कालोपत्रे गर्ने कार्य भौतिक प्रगति ८० प्रतिशत र वित्तीय प्रगति ६९ प्रतिशत सकिएको छ । दिवा सफल जेभी काठमाडौँले २६ करोड ४५ लाख रुपैयाँको लागतमा कालोपत्रे गर्ने कार्य गरिरहेको छ । यो आयोजनाको काम आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ ।

यसैगरी १४ किलोमिटर रहेको सिवादोभान लुम्फाबुङ नवमीडाँडा सडकको कालोपत्रे गर्ने कार्य भने अघि बढ्न सकेको छैन । विसं २०७६ असार मसान्तमा सम्झौता भएको उक्त सडकको समयअवधि आगामी वर्ष असार मसान्तसम्ममा सकिँदैछ । कान्छाराम याक्थुहाङ जेभी पाँचथरले २६ करोड ४५ लाख रुपैयाँको लागतमा आयोजनाको जिम्मा लिएको थियो तर थपिएको समय अवधिमा पनि कामले गति लिन नसकेको र निर्माण व्यवसायीलाई ताकेता गरिरहेको हुँदा समय अवधिभित्रै काम हुने आशा राखिएको कार्यालय प्रमुख रिड्डीले बताए ।

यस्तै सप्तमी दशमी–मौवा लखुवा दोभानअन्तर्गत मौवादेखि लखुवादोभान सम्मको १४ किलोमिटर सडकको कालोपत्रे गर्न बोलपत्र आह्वान प्रक्रिया पनि अघि बढेको उनले बताए । आगामी माघ महिनाभरिमै सम्झौता भई काम अघि बढ्ने जनाइएको छ ।


Read Previous

निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन

Read Next

सल्लेरी तामाखानी सडक निर्माणमा नगरपालिकाको चासो

Leave a Reply

Your email address will not be published. Required fields are marked *