Nepal Purbadhar

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024

सोमवार, बैशाख १७, २०८१
Monday, April 29, 2024
लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो    तेस्राे लगानी सम्मेलनः स्वदेशी परियोजनामा विदेशी साझेदार    चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी    सडक खनेकाे ४ दशकपछि धादिङको किन्ताङफेदीमा बेली ब्रिज निर्माण    पीपीपी माेडालिटी प्रवर्द्धन गर्न वाप र नापबीच समझदारी उच्च गतिको विद्युत प्रवाह हुँदा अन्नपूर्ण गाउँपालिकाका ६० घरमा क्षति    तेस्राे लगानी सम्मेलन : जलविद्युतका स्वदेशी लगानीकर्ता उत्साहित,लगानी मनाेबल बढाउने नीतिगत व्यवस्था गर्न माग मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको औपचारिक उद्घाटन

प्रधानमन्त्री प्रचण्डद्वारा सिंहदरबारका संरचना अवलोकन


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नयाँ भवनमा रहेको विभिन्न संरचनाको अवलोकन गरेका छन् ।

प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौँ तलामा निर्माणाधीन हल, अन्य कार्यकक्षलगायत संरचनाको निरीक्षण तथा अवलोकन गरेका थिए। उनले भवनबाट सिंहदरबास्थित अन्य भवन तथा संरचनाकोसमेत अवलोकन गरेका थिए ।

सो क्रममा प्रधानमन्त्रीले मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा आम जनताको सहज पहुँच दिलाउनुपर्ने बताएका थिए । मुख्य सचिव शङ्करदास वैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद् भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद् भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृतमा जानकारी गराएका थिए ।


Read Previous

रेल्वे लगायतका पूर्वाधारमा थप सहयोग गर्न भारत इच्छुक

Read Next

निजी क्षेत्रको चर्को दबाबपछि चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन

Leave a Reply

Your email address will not be published.