Nepal Purbadhar

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025

मङ्लबार, माघ १, २०८१
Tuesday, January 14, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

उर्लाबारीमा प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने


मोरङ । मोरङको उर्लाबारीमा आगामी माघ १९ देखि २८ गतेसम्म १० दिने प्रादेशिक औद्योगिक व्यापार, कृषि तथा पर्यटन महोत्सव– २०७९ हुने भएको छ । उर्लाबारी उद्योग वाणिज्य सङ्घ उर्लाबारी–५ ले मङ्गलबार अन्तक्रिया कार्यक्रमको आयोजना गरी महोत्सवका बारेमा जानकारी दिएको हो ।

उर्लाबारीको पहिचान झल्किने सामग्रीको प्रदर्शनीमा जोड दिँदै विभिन्न जातजातिका परिकार, रहनसहनलाई पनि प्रवर्द्धन गर्नुपर्नेमा छलफलमा सामेल सरोकारवाला संस्थाका प्रतिनिधिले जोड दिएका छन् ।

महोत्सव स्थानीय औद्योगिक सामग्रीको प्रचारप्रसार र उर्लाबारीको पहिचानका लागि सञ्चालन हुने भएकाले यसलाई सफल पार्न यस क्षेत्रकै वासिन्दाको भूमिका रहने सङ्घका पूर्व अध्यक्ष प्रितम खड्गीले बताए। उर्लाबारी–४ स्थित नगरपालिका कार्यालय पूर्वपट्टि दुई बिघा क्षेत्रफलमा सञ्चालन हुने महोत्सवमा एक सय ५० कक्ष रहने तथा महोत्सवभरिमा २५ करोड रुपैयाँभन्दा बढीको कारोबार गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक तथा सङ्घका पूर्व अध्यक्ष भरत भट्टराईले जानकारी दिए।

उर्लाबारीमा यस पटक महोत्सवलाई भव्यताका साथ सफल पार्न उद्योग वाणिज्य सङ्घले तयारीलाई तीव्र पारेको अध्यक्ष शेरबहादुर भण्डारीले जानकारी दिए। महोत्सवले यहाँका पर्यटकीय क्षेत्र र उत्पादित सामग्रीको प्रचारप्रसारमा ठूलो सहयोग पुग्ने भएकाले महोत्सवको प्रचारप्रसारमा सबै लाग्नुपर्नेमा सङ्घका महासचिव हेमराज गुरुङले जोड दिए ।

महोत्सव आयोजना सञ्चालनसम्बधी छलफलमा उर्लाबारी नगरपालिका प्रमुख गङ्गाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, विभिन्न राजनीतिक दलका स्थानीय प्रमुख व्यक्ति, इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मिलन थापा, सशस्त्र प्रहरी बेश क्याम्प उर्लाबारीका प्रहरी निरीक्षक मनोज निरौला, होटल तथा पेयपदार्थ व्यवसायी सङ्घका अध्यक्ष मनोहरि दाहाल र प्रितम खड्गीलगायतले उर्लाबारीको नाम र पहिचानलाई प्रबद्र्धन गर्न महोत्सवलाई भव्यताका साथ सफल पार्नुपर्ने धारणा राख्नु भएको थिए ।


Read Previous

झापाका पर्यटकीयस्थल वनभोजले भरिभराउ

Read Next

रेल्वे लगायतका पूर्वाधारमा थप सहयोग गर्न भारत इच्छुक

Leave a Reply

Your email address will not be published. Required fields are marked *