Nepal Purbadhar

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

मङ्लबार, बैशाख ११, २०८१
Tuesday, April 23, 2024

राष्ट्र बैंकले ५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । विकास ऋणपत्र २०८३ ज’ नाम दिइएको सो ऋणपत्रको अवधि ४ वर्षको छ ।

केन्द्रीय बैंकले बोलकबोल प्रक्रियामार्फत यही पुस ६ गते बुधबार उक्त ऋणपत्रको बिक्री गर्नेछ ।

अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुने र त्यसमा कुनै पनि ब्याजकर लाग्ने छैन । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था र नेपाली नागरिकले ऋणपत्र खरिद गर्न सक्ने प्रावधान छ ।

ऋणपत्र धितोमा राखेर कर्जा लिन वा दिनसमेत पाइनेछ । इच्छुक खरिदकर्ता प्रतिस्पर्धी वा अप्रतिस्पर्धीका रुपमा सहभागी हुन सक्नेछन् ।

प्रतिस्पर्धीलाई निष्काशित रकमको ८५ प्रतिशत अर्थात ४ अर्ब २५ करोड र अप्रतिस्पर्धीलाई १५ प्रतिशत अर्थात ७५ करोड रुपैयाँको रकम छुट्याइएको छ ।

ऋणपत्र घटीमा ५० हजार र बढीमा कूल निष्काशित रकमको सीमामा नबढाइ ५० हजारले भाग गर्दा निशेष भाग जाने अङ्क बराबरको सीमामा खरिद गर्न सकिनेछ ।

ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेन् ।

यस बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन नपाउने प्रबन्ध गरिएको छ ।

ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुने केन्द्रीय बैंकले जनाएको छ ।


Read Previous

मैलुङ-स्याफ्रुबेँसी खण्डको अन्तर्राष्ट्रिय राजमार्ग १० महिनादेखि अलपत्र

Read Next

बर्खामा पनि मेलम्चीको पानी राजधानी ल्याउन संरचना निर्माणको पहल सुरु

Leave a Reply

Your email address will not be published.