Nepal Purbadhar

लुम्बिनी केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने


काठमाडौ/बुटवलको बमघाटदेखि पाल्पाको बसन्तपुरसम्मको लुम्बिनी केवलकार आगामी दुई महिनाभित्र सञ्चालनमा आउने भएको छ ।

लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले केवलकार निर्माणको कार्य ९० प्रतिशत पूरा भएको बताउँदै दिँदै आगामी दुई महिनाभित्र सञ्चालनमा आउने जानकारी दिए । ‘अबको १/२ महिनापछि केबलकार सञ्चालनमा आउँछ । तर बटम र टप स्टेसनमा बन्दै गरेको रेष्टुरेन्ट र रिसोर्ट तथा अन्य पूर्वाधारहरुको निर्माण कार्य सम्पन्न हुन अझै केही समय लाग्नेछ ।’ उनले भने, ‘केबलकारबाट पाल्पाको वसन्तपुर डाँडामा पुगेर त्यहाँ रहेको मन्दिरको दर्शन गर्नुकासाथै त्यहाँबाट हिमालदेखि तराईसम्मको दृश्यावलोकनको आनन्द लिन सकिनेछ ।’

शनिबार नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, उद्योग सचिव तोयनारायण ज्ञवाली, उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारी लगायतको सरकारी टोलीले लुम्बिनी केवलकारको स्थलगत निरीक्षण गरेको थियो ।

निरीक्षणका क्रममा मुख्यसचिव बैरागीले केवलकार परियोजनाले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने बताउँदै आयोजनालाई यथाशक्य छिटो सञ्चालन गर्न आग्रह गरे ।

लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक र नेपालको सीमा क्षेत्रका भारतीय पर्यटकलाई यो केबलकार सहितको रिसोर्ट नयाँ पर्यटकिय गन्तव्य बन्ने कम्पनीले विश्वास लिएको छ ।


Read Previous

विद्युत आयात–निर्यातलाई निरन्तरता दिने र नेपालबाट बंगलादेशमा बिजुली बेच्न सकारात्मक भूमिका खेल्ने भारतको घोषणा

Read Next

चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा, एकपटकमा ६ वटासम्म गाडी चार्ज गर्न सकिने