
काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल पक्राउ परेकी छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पौडेललाई बिहीबार बबरमहलबाट पक्राउ गरेको हो।
नेपाल बीमा प्राधिकरणको पत्रमार्फत ट्रस्ट इन्स्योरेन्स ब्रोकरमा गरिएको निरीक्षण प्रतिवेदनका आधारमा बीमा ऐनअन्तर्गतको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ।
सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरणको निरीक्षण प्रतिवेदनमा उल्लेख भएका विषयमा थप अनुसन्धान गर्न पौडेललाई नियन्त्रणमा लिइएको हो।

