Nepal Purbadhar

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024

शुक्रबार, जेष्ठ ४, २०८१
Friday, May 17, 2024
त्रिशूली थ्री बी हब सबस्टेसन र भाल्चे ३३ केभी सबस्टेसनकाे औपचारिक उद्घाटन ‘साढे २८ हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य पूरा गर्न बैंकको लगानी २० प्रतिशत पुर्याउने नीति लिइनुपर्छ’ रसुवागढी नाकाबाट ९ महिनामा ४ हजार ७ सय बढी सवारी साधन आयात मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो    १० वर्षमा भारतीय बजारमा निर्यात हुने १० हजार मेगावाट विद्युत उत्पादनमा निजी क्षेत्र अग्रणी हुनेछः प्रधानमन्त्री दाहाल नुप्चे-लिखु जलविद्युत् आयोजनाकाे लिखुतर्फकाे मुख्य सुरुङ पूरा घुम्ती-रानीटारी सडक खण्डको ९ किलाेमिटर स्तरोन्नति गरिँदै   ग्रीन हाइड्रोजन तथा रसायनिक मल उत्पादन प्रवर्द्धन गर्न केयु र युएसएड एग्रिकल्चरल इन्पुटबीच समझदारी

विद्युत आयात–निर्यातलाई निरन्तरता दिने र नेपालबाट बंगलादेशमा बिजुली बेच्न सकारात्मक भूमिका खेल्ने भारतको घोषणा


काठमाडौ । भारतले नेपाल र भारतबीच भईरहको विद्युत आयात निर्यातलाई निरन्तरता दिने घोषणा गरेको छ । शुक्रबार भारतको नयाँदिल्लीमा भएको बीबीआईएन पावर समिटि २०२२ मा भारतले यस्तो घोषणा गरेको हो । साथै भारतले नेपालबाट बंगलादेश बिजुली निर्यातका लागि सकारात्मक भूमिका निर्वाह गर्ने घोषणा पनि गरेको छ ।

नेपालमा बिजुलीको माग कमजोर रहेको तर उत्पादन बढीरहेको बेला भारतले बिजुली नकिनेमा खेर जाने भन्दै जलविद्युत क्षेत्रका प्रवद्र्धकहरुले चिन्ता प्रकट गरिरहेको बेला  भारतको विदेश मामिला मन्त्रालय र ऊर्जा मन्त्रालयसहित भारतीय उद्योग परिसंघले आयोजना गरेको पावर समिटमा यस्तो घोषणा गरिएको हो । समिटमा भारतको कमजोर हरित ऊर्जा सन्तुलन पूरा गर्न नेपाल र भुटानबाट बिजुलीबारे छुट्टै सत्रको आयोजना समेत गरिएको थियो ।

समिटमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्राधिकरण विद्युत व्यापार महाशाखाका प्रमुख प्रवल अधिकारीका साथै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) को तर्फबाट उपाध्यक्ष आशिष गर्ग, उत्तम ब्लोन लगायतले विद्युत व्यापारबारे आफ्नो धारणा राखेका थिए । अधिकांशले नेपालमा जलविद्युतको उत्पादन बढ्दो रहेको बताउँदै विद्युत व्यापारलाई सहज बनाउन भारतलाई आग्रह गरेका थिए ।

सचिव घिमिरेले भारतीय प्रधानमन्त्रीको एक सुर्य, एक विश्व र एक ग्रिडको अवधारणा अनुसार बीबीएनबीच विद्युत व्यापार सहज हुनुपर्ने बताएका थिए । कार्यकारी निर्देशक घिसिङले विगत ५ महिनामा नेपालले ६५० करोड बराबरको बिजुली भारतमा विक्री गरेको बताउँदै विद्युत आयात/निर्यातलाई बढावा दिनुपर्ने बताएका थिए । व्यापार महाशाखाका प्रमुख अधिकारीले ऊर्जा भनेको शक्ति भएको बताउँदै यसलाई त्यही रुपमा विश्लेषण गरेर नेपालमा उत्पादन भएको विद्युत विना अवरोध निर्वाद रुपमा आयात निर्यातका लागि व्यवस्था हुनुपर्ने र यसका लागि भारतले ल्याएको अन्तरदेशीय विद्युत व्यापार निर्देशिका शंसोधन गर्न पनि तयार हुनुपर्ने बताएका थिए ।

इपान उपाध्यक्ष आशिष गर्गले भारतको ल्याएको जलविद्युत खरिद दायित्व (एचपीओ) को सुविधा नेपाललाई दिनुपर्ने बताउँदै निजी क्षेत्रले भारतमा विद्युत बेच्न चाहेकोले सोको लागि वातावरण बनाउनुपर्ने बताएका थिए ।

समिटमा भारतको विदेश मामिला मन्त्रालयका सह–सचिव प्रभातकुमारले हाल नेपाल र भारतबीच भईरहेको विद्युत आयात/निर्यातलाई यथावत राखेर निरन्तरता दिने बताए । दुवै देशबीचको व्यापार अझै बढ्दै जाने उनको भनाई थियो । नेपाल र बंगलादेशबीचको विद्युत व्यापारलाई सहज बनाउन सकारात्मक भूमिका निर्वाह गर्ने उनले बताएका थिए । उनले दुई देशबीचमा विद्युत व्यापारमा देखिएका समस्या समाधानका लागि आफू तयार रहेको बताउँदै एचपीओमा नेपाललाई समेट्नेबारे पनि आफूहरु सकारात्मक रहेको बताए । उनले भारतीय प्रधानमन्त्रीले एक सारेको एक सुर्य, एक विश्व र एक ग्रिडको अवधारणा कार्यान्वयनका लागि लागि परिरहेको बताएका थिए ।

ऊर्जा क्षेत्रमा सहयोग सुनिश्चित गर्ने उपायहरुबारे आयोजना गरिएको सो समिटिमा बीबीआईएनबीच ऊर्जा क्षेत्रमा व्यवसायिक अवसरहरु रहेको र यसलाई बढाउँदै जाने पक्षमा भारत रहेको भारतीय अधिकारीहरुले बताएका थिए ।

भारतले हाल खुल्ला बजारमा बिजुली व्यापारको पहुँच मात्र दिएकोमा भविष्यमा खरिद नगर्ने होकि भन्ने काठमाडौको  त्रासलाई बीबीआईएन पावर समिटिले केही हटाएको बुझाई समिटिमा सहभागी नेपाली पक्षको छ ।

गत बर्षामा चार सय मेगावाटसम्म विद्युत निर्यात गरेको नेपालले आगामी हिउँदमा सोही बराबरको बिजुली आयात गर्ने लक्ष्य राखेको छ । हाल आयात भने सुरु गरिसकेको छ ।


Read Previous

तेस्रो पटक राजधानी आइपुगेकाे मेलम्चीकाे सबै पानी वितरण गरिएन

Read Next

लुम्बिनी केवलकार दुई महिनाभित्र सञ्चालनमा आउने

Leave a Reply

Your email address will not be published.