Nepal Purbadhar

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025

सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
ईभी कार किन्न अफर नै अफर, शुन्य ब्याजदरमा काईवी एक्स थ्री प्रो पाइने कुलमानले बुझाए स्पष्टीकरण हटाएर देखाउन ऊर्जामन्त्रीलाई चूनौती लामिछाने धरौटीमा छुटेपछि रास्वपामा खुसीयाली, सोबिता गौतम भन्छिन्-‘अटल, अडिग, अविचलितl’  रवि लामिछाने ८४ दिनपछि ६५ लाख धरौटीमा रिहा निर्माण व्यवसायीले आन्दोलनका लागि पुस २७ राष्ट्रिय भेला गर्ने, सडक आन्दोलनको तयारी १० वर्षमा २८५००० मेगावाट उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य बोकेको यस्तो छ ऊर्जा विकास मार्गचित्र पूर्णपाठसहित चीन र भारतमा देखिएको एचएमपीभी सङ्क्रमण के हो, विश्वका अरु देशले कति चिन्ता गर्नुपर्छ ? सरकारले हटाउछु भन्ने हल्ला गरेर कामै गर्न दिएन‍‍-कुलमान

काम नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टिकरण माग


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले थप ८ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कार्यालयले पूर्वाधार आयोजना निर्माणको ठेक्का लिई समयमा जिम्मेवारी पूरा नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा पूर्वाधार आयोजना निर्माणको जिम्मा लिई काम अलपत्र छोड्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको कार्यालयले जनाएको छ । कार्यालयले बुधबार सूचना प्रकाशित गरी सार्वजनिक संस्थानहरूले सिफारिस गरेका कम्पनीलाई कालोसूचीमा राख्न नपर्ने आधारसहितको लिखित स्पष्टिकरण एक साताभित्र बुझाउन भनेको छ ।

‘सार्वजनिक निकायबाट कालोसूचीमा राख्न लिखित सिफारिस आएको छ । सम्बन्धित कम्पनीले कालोसूचीमा राख्न नपर्ने आधार प्रमाणसहितको लिखित स्पष्टिकरण पठाउन ३० दिनको समय दिएर पत्राचार गरिएको थियो,’ सूचनामा भनिएको छ,‘तर, कुनै कम्पनीबाट तोकिएको अवधिभित्र लिखित जवाफ आएन । यो सूचना प्रकाशित भएको मितिले अबको ७ दिनभित्र पेश गर्न अनुरोध गरिन्छ ।’

कालोसूचीमा राख्न प्रस्तावित निर्माण तथा आपूर्तिकर्ता कम्पनीमा मकानपुरको हेटौंडास्थित गुण निर्माण सेवा, काठमाडौंको सिरुवा÷कबिर÷सुनकोसी जेभी, पर्सा जानकीटोलको मुस्कान सप्लासर्य छन् । गुणराज पाठकको स्वामित्व रहेको गुण निर्माण सेवालाई कैलालीस्थित सूदुरपश्चिम विश्व विद्यालयले कालोसूचीमा राख्न सिफासिर गरेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार सिरुवा/कबिर/सुनकोसी जेभीलाई सडक डिभिजन कार्यालय सुर्खेत तथा मुस्कान सप्लासर्यलाई पर्सास्थित जगरनाथपुर गाउँपालिकाले कालोसूचीमा राख्न सिफासिर गरेको हो ।

यस्तै, हटौंडाकै मुक्तिनाथ रुपेशश कन्स्ट्रक्सन एण्ड सप्लायर्स, काठमाडौंको बनेश्वरस्थित अनुष्ठान कन्स्ट्रक्सन, तिनकुनेको सिरुवा कन्स्ट्रक्सन, पर्सा वीरगञ्जको दिल्ली ट्रेडिङ र चितवनस्थित जय जढीमाई निर्माण कन्स्ट्रक्सन कम्पनीलाई पनि कालोसूचीमा राख्न सिफारिस परेको छ ।

मुक्तिनाथ रुपेशश कन्स्ट्रक्सन एण्ड सप्लायर्सलाई सिन्धुलीस्थित हरिहरपुरी गाउँपालिकाको कार्यालयले, अनुष्ठान कन्स्ट्रक्सनलाई भरतपुर महानगरपालिकाले तथा सिरुवा कन्स्ट्रक्सनलाई सडक डिभिजन कार्यालय पोखराले कालोसूचीमा राख्न सिफारिस गरेको सूचनामा जनाइएको छ ।

दिल्ली ट्रेडिङलाई वीरगञ्ज महानगरपालिकाको कार्यालय तथा जय जढीमाई निर्माण कन्स्ट्रक्सनलाई खैरहनी नगरपालिका कार्यालय चितवनले कालोसूचीमा राख्न सिफासिर गरेको हो । कार्यालयले हालै पनि १२ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको थियो ।


Read Previous

बेनी नगरपालिकाभित्र ९ कराेड लागतका पूर्वाधार आयोजना कार्यान्वयनमा

Read Next

नागढुङ्गा सुरुङमार्ग निर्माण ७० प्रतिशत पूरा, वित्तीय प्रगति साढे ४८ प्रतिशत बढी

Leave a Reply

Your email address will not be published. Required fields are marked *