Nepal Purbadhar

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

आइतवार, बैशाख २३, २०८१
Sunday, May 5, 2024
कोरला नाकामा पुग्याे राष्ट्रिय प्रसारण प्रणालीकाे विद्युत खडेरीले पानीको स्रोत कम हुन थालेपछि वैकल्पिक स्रोतको खोजी    बजेट अभावले धनगढी–खुटिया–दिपायल द्रुतमार्गामा पुल निर्माण प्रभावित    मुहान सुकेपछि हिलिहाङका स्थानीयबासी खानेपानीका लागि ट्यांकरमा निर्भर    ६ करोड रुपैयाँ लागतमा तनहुँको बुल्दी खोलामा पुल बन्दै    भैरहवा नाकाबाट आयात हुने पेट्रोलियम पदार्थको परिमाण घट्यो २०० मेगावाटसम्मको जलविद्युत आयोजना खोज्दै नेको इन्स्योरेन्स,अनुमतिपत्र बिक्री गर्न इच्छुकबाट आशयपत्र माग ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ अभियानमा ग्लोबल आइएमई बैंकको प्रतिबद्धता,वातावरणमैत्री दिगो अभ्यासकाे अनुशरण गर्ने

बेनी नगरपालिकाभित्र ९ कराेड लागतका पूर्वाधार आयोजना कार्यान्वयनमा


म्याग्दी ।  म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्ष (२०७९/८०) का लागि बजेट विनियाेजन भएका पूर्वाधार आयोजनाकाे काम सुरु गरेकाे छ । नगरपालिकाले ९ कराेड रुपैयाँ लागतका पूर्वाधार आयोजनाकाे कार्यान्वयन थालेकाे हाे ।

महत्त्व र प्राथमिकता दिएका पाँच वटा सडक, तीन वटा खानेपानी, एउटा भवन, एउटा खेल मैदान र एउटा चिस्यानगृह निर्माण गर्ने कार्यकाे थालनी गरेकाे नगरपालिकाको पूर्वाधार शाखाका प्रमुख इञ्जीनियर बिमलरञ्जन कार्कीले बताए । उनले विभिन्न शिर्षकमा ९ कराेड १ लाख बजेट विनियाेजन भएका ती आयोजनाकाे कार्यान्वयन प्रक्रिया सुरु गरिएकाे बताए ।

उनका अनुसार ७ वटा ठूला आयोजनाकाे ठेकेदार छनाेट प्रक्रिया पनि पूरा भइसकेकाे छ । “ठेक्काबाट २ वटा आयोजनाकाे निर्माण सुरु भइसकेकाे छ । अरु ५ आयोजना पनि निर्माणमा जान तयारी अवस्थामा छन्”, उनले भने, “थप ३ वटा आयोजनाकाे निर्माण सुरु गर्न  ठेक्का आह्वान भएको छ । एउटाको लागत अनुमान तयार गरेर ठेक्का प्रक्रियामा लैजाँदै छाैं।”

नगरपालिकाले १ एक करोड रुपैयाँ बजेट विनियोजन गरेको बेनी–पाखापानी सडकअन्तर्गत वडा नम्बर ६ ,अर्थुङ्गेबाट वडा नम्बर ९ को सिमानासम्म सडक ढलान, नाली, घुम्ती र ग्रेड सुधार गर्न कृसु निर्माण सेवा काठमाडौंले ६६ लाख ९३ हजार ३ सय ९१ रुपैयाँमा ठेक्का पाएको कार्कीले जानकारी दिए ।  १ करोड २१ लाख रुपैयाँ लागत अनुमान गरिएको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक निर्माणका लागि उत्तरगङ्गा निर्माण सेवा बेनीले ८५ लाख ४० हजार रुपैयाँमा ठेक्का पाएको छ ।

गण्डकी प्रदेश सरकारबाट ५० लाख रुपैयाँ, नगरपालिकाको गौरवका आयोजना शीर्षकमा  २५ लाख रुपैयाँ  र समपूरक कोषबाट ४६ लाख रुपैयाँ  विनियोजन छ । यो योजनामार्फत वडा नम्बर ६ को बाँसबोटसम्म तीन–तीन सय मिटर ढलान र कालोपत्रका साथै नाली निर्माण गर्ने लक्ष्य छ ।

७० लाख रुपैयाँ लागत अनुमान गरिएको बेनी–महारानीथान–छाप–ठूलोखोला सडक योजना खुसीहोम बिल्डर्सले ५८ लाख रुपैयाँमा ठेक्का लिएको छ । वडा नम्बर ४ र ६ को भूगोलमा ग्यावियन पर्खाल, नाली, सोलिङ र ढलान गर्न लागिएको हो ।

२५ लाख रुपैयाँ विनियोजन भएको बेनी–ज्यामरुककोट सडकको तल्लो क्षेत्रमा पहिरो नियन्त्रण र माथिल्लो खण्डमा नाली बनाउन भगवती मालिका कन्ट्रक्सनले  २० लाख ५० हजार रुपैयाँमा ठेक्का लिएको छ ।

२३ लाख ३० हजार रुपैयाँ  विनियोजन भएको बेनपा–४ को तातोपानी बजार कालोपत्र गर्ने आयोजना सोमरस निर्माण सेवाले २१ लाख २२ हजार रुपैयाँमा ठेक्का पाएको छ । तल्लो तातोपानी बजारभित्र प्रिमिक्स प्रविधिको कालोपत्र गरिने नगरपालिकाले जनाएको छ ।

५० लाख रुपैयाँ विनियोजन भएको बेनी मिनी रङ्गशाला योजना निर्माणका लागि ३५ लाख ९३ हजार रुपैयाँमा ठेक्का लिएको उत्तरगङ्गा निर्माण सेवाले पर्खाल र प्यारापिट निर्माण सुरु गरेको छ । नगरपालिकाको प्रशासकीय भवनको तला थप गर्ने आयोजनाको ठेक्का पाएको शङ्कर निर्माण सेवाले पनि काम तीव्ररूपमा गरिरहेको छ ।

७३ लाख रुपैयाँ बजेट विनियोजन भएको नगरपालिकाको भवनमा तला थप गर्ने योजना ५२ लाख ५८ हजार २ सय रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सङ्घीय सरकारको एक–एक करोड रुपैयाँ अनुदान प्राप्त गाजने–नयाँगाउँ–ढोलठान–पुलाडाँडा र पात्लेखेत काछलुङ खानेपानी आयोजनाको ठेक्का आह्वान भएको छ । विशेष अनुदानबाट ४९ लाख ३० हजार रुपैयाँ प्राप्त खबरा खानेपानी आयोजनाको अधुरो कामलाई पूर्णता दिन पनि ठेक्का आह्वान भएको छ ।

सङ्घीय सरकारको ७० लाख रुपैयाँ , प्रदेश सरकारको ५० लाख रुपैयाँ  अनुदान र नगरपालिकाले ७० लाख रुपैयाँ विनियोजन गरेको चिस्यान गृह निर्माणका लागि ठेक्का आह्वान गर्ने तयारी छ । बेनी नगरपालिका–४ सिङ्गामा ३ सय मेट्रिक टन क्षमताको फलफूल र तरकारी भण्डारण गर्ने चिस्यान गृह बनाउन लागिएको नगरप्रमुख सुरत केसीले बताए । १५ लाख रुपैयाँ बजेट विनियोजन भएकाे आयोजना उपभोक्ता समिति र सोभन्दा बढी बजेटका आयोजना ठेक्का प्रक्रियाबाट कार्यान्वयन गर्ने नगरप्रमुख केसीले बताए ।


Read Previous

चन्द्रागिरि नगरपालिकामा सडक बत्ती जडान    

Read Next

काम नगर्ने ८ निर्माण कम्पनी कालोसूचीमा राख्ने तयारी, लिखित स्पष्टिकरण माग

Leave a Reply

Your email address will not be published.