Nepal Purbadhar

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024

शुक्रबार, चैत्र १६, २०८०
Friday, March 29, 2024
निर्माण व्यवसायी महासंघको २५औं साधारणसभाको तयारी पूरा, शुक्रबार प्रधानमन्त्रीले उद्घाटन गर्ने ‘स्मार्ट नगर’ बन्दै धुलिखेल नगरपालिका, नागरिकलाई घरबाटै सेवा  मध्यपहाडी लोकमार्ग निर्माणले छेउछाउमा मानव बस्ती बढ्दै    सुपर त्रिशूली जलविद्युत आयाेजनाकाे इआइए बदरकाे माग गर्दै सर्वाेच्चमा मुद्दा दायर ग्लोबल आइएमई बैंक र आइएफसीबीच जोखिम व्यवस्थापन,लैङ्गिक तथा जलवायु वित्त क्षेत्रमा परामर्श सेवासम्बन्धी समझदारी रसुवागढी जलविद्युत आयाेजनाः विद्युतगृहकाे उपकरण परीक्षण अन्तिम चरणमा    प्रतिकूल मौसमले ‘भिजिबिलिटी’ कमजोर हुँदा हवाई उडान प्रभावित    दैलेखका ४ गाउँपालिकाका ७ गाउँमा राष्ट्रिय प्रसारण प्रणालीबाट विद्युतीकरण

दिगो ऊर्जा विकास र अनुसन्धानमा आधारित शिक्षणसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी हुने


काठमाडौं । काठमाडौं विश्वविद्यालयले नविकरणीय तथा दिगो ऊर्जा विकासको लागि समसामयिक एवम् अनुसन्धान आधारित शिक्षा प्रणाली सम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्न लागेको हो ।

यहि मंसिर २० र २१ गते धुलिखेलमा दुइ दिने अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गर्ने भएको हो । काठमाडौं विश्वविद्यालयले नर्वे, बंगलादेश, श्रीलंकाका विश्वविद्यालयहरु संगको सहकार्यमा गोष्ठीको आयोजना गरेको हो ।

यो गोष्ठी विश्वव्यापी शैक्षिक सहयोगको लागि नर्वेजियन साझेदारी कार्यक्रम अन्तर्गतको परियोजना ‘नविकरणीय उर्जा तथा चक्रिय अर्थतन्त्र विकासका लागि अनुसन्धानमा आधारित शिक्षा प्रणाली २०२२–२०२६’ एक भाग हो ।

यस गोष्ठीको मुख्य उदेश्य नविकरणिय तथा दिगो उर्जा विकासमा कार्यरत शिक्षण संस्था, सरकारी तथा गैर सरकारी संस्था , निजी व्यवसायीहरुलाई एकै ठाउँमा ल्याउने रहेको छ ।

यसले नविकरणीय तथा दिगो उर्जा विकासका समस्या र अवसरहरु, प्रविधि हस्तान्तरण र अनुसन्धानमा आधारित शिक्षा प्रणाली विकासका सम्भावनाहरुका बारेमा छलफल तथा अनुभव आदानप्रदान गरिने रिन्युवेबल एण्ड सस्टेनेबल इनर्जी ल्याबोरेटोरी प्रमुख, सुनिल प्रसाद लोहनीको भनाइ छ ।

गोष्ठीमा ७ राष्ट्र र १२ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट ६०–७० जना सहभागीहरु रहनेछन् । गोष्ठीको मुख्य आकर्षण अमेरिका, अस्ट्रेलिया र नर्वेका प्रतिष्ठित प्राध्यापकहरुको वक्तब्य, उच्चस्तरीय प्यानल बीच विचारविमर्स तथा सहभागीबीच समुहगत छलफल हुनेछ ।

गोष्ठीमा नवीकरणीय तथा स्वच्छ ऊर्जा प्रविधिको विकास र प्रविधि हस्तान्तरणसँग सम्बन्धित अवसर र चुनौतीका बारेमा जानकारी र अनुभव आदानप्रदान गरिनेछन् ।

यसका साथै, शैक्षिक क्षेत्रका कमी–कमजोरीहरु निर्धारण गर्ने र नवीकरणीय तथा स्वच्छ ऊर्जा र चक्रीय अर्थतन्त्रको विकासका लागि अनुसन्धानमा आधारित शिक्षाको सम्भावनामा विमर्श हुनेछ ।

यसका लागि पाठ्यक्रम निर्धारण गरिनेछ र यस गोष्ठीले शिक्षण र अनुसन्धानलाई अगाडि बढाउन संस्थाहरू बीच सहकार्य सृजना गराउने छ ।


Read Previous

डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति

Read Next

कैलाली र कञ्चनपुरको विद्युत आपूर्ति सुधार्न पूर्वाधार विस्तार गरिँदै

Leave a Reply

Your email address will not be published.