Nepal Purbadhar

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

बिहिबार, बैशाख ६, २०८१
Thursday, April 18, 2024

हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान


खोटाङ । प्रसिद्ध धार्मिकस्थल हलेसी मन्दिर परिसरमा सौर्य बत्ती जडान गरिएको छ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत प्रदेश-१ सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयकाे १० लाख रुपैयाँ लागतमा मन्दिर परिसर क्षेत्रमा २६ वटा सौर्यबत्ती जडान गरिएको हो ।

बत्ती नहुँदा भक्तजनलाई असहज भइरहेको अवस्थालाई ध्यानमा राखेर सौर्यबत्ती जडान गरेर सञ्चालनमा ल्याइएको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । उनका अनुसार महेन्द्रोद्धय माविको छानामा १२ थान सोलार प्यानल राखेर सौर्यबत्तीको व्यवस्था गरिएको छ ।

सौर्यबत्ती जडानपछि मर्मतसम्भार र सुरक्षाको जिम्मा नगरपालिकाले गर्नुपर्नेछ । उज्यालो हलेसी कार्यक्रमअन्तर्गत नै प्रदेश सरकार, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको रु एक करोडमा एक सय २६ सौर्यबत्ती जडान गर्ने तयारी भइरहेको गिरीले जानकारी दिए । हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने दर्शनार्थी तथा भक्तजनको सहजताका लागि उज्यालो कार्यक्रम सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ७ लाखमा रुपैयाँ लगानीमा ११ ठाउँमा सिसीक्यामेरासमेत जडान गरेको छ । हलेसीमा रामनवमीको अवसरमा १५ दिन, शिवरात्रिमा ५ दिन, बालाचतुर्दशी तथा हरितालिका तीजमा तीन–तीन दिन तथा बोलबमको अवसरमा साउन महिनाको हरेक सोमबार ठूलो मेला लाग्ने गर्दछ । हलेसीको समग्र विकासका लागि गुरुयोजना निर्माणको काम भइरहेको छ ।


Read Previous

माइक्रोसफ्टद्वारा स्टार्टअप्स फाउण्डर्स हब सुरु

Read Next

बिना सूचना विद्युतगृहकाे उत्पादन प्रणालीबाट बिच्छेद गरिँदा टाट पल्टिने अवस्था आयोः निजी क्षेत्र

Leave a Reply

Your email address will not be published.