Nepal Purbadhar

सिजी एग्राेले किसानलाई नानो युरिया मल विक्री गर्ने घोषणा


काठमाडौं । चौधरी ग्रुपले नेपाली किसानलाई नानो युरिया मल विक्री शुरु गर्ने घोषणा गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गरी भारतका केन्द्रिय पूर्व रेलवे मन्त्री प्रभु शुरेस र चौधरी  ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले संयुक्त रुपमा नानो युरिया नेपाली बजारम भित्रिसकेको घोषणा गरे ।

नेपालमा चौधरी ग्रुप अन्तर्गतको सीजी एग्रोले नेपाली बजारमा मल विक्री वितरण गर्नेछ । यो मल इण्डियन फारमर फर्टिलाइजर कोअपरेटिभले उत्पादन गरेको हो । नेपाल यस मलको नाम ‘सीजी–इफ्को नानो युरिया’ राखिएको छ ।

नेपालमा कृषि उत्पादन बढाउन माटोको गुणस्तर सुधार्न, वातावरण प्रदुषण रोक्न, किसानको आम्दानी बढाउन, कृषिमा लागत घटाउन मल उपयुक्त हुने कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार नानो युरिया अन्नवाली, दाल, तरकारी, चिया, उखु फलफुल, औषधि बालीका साथै अन्य सबै बाली तथा बोटबिरुवामा छर्कन सकिन्छ ।नानो प्रविधी प्रयोग गरेर तयार गरिएको यो मलले खाद्य र कृषि क्षेत्रमा महत्वपुर्ण भुमिका खेल्ने र यस प्रविधीको प्रयोग रासायानिक मलको उत्पादनमा समेत गरिएको पत्रकारी सम्मेलनमा जानकारी दिइयो ।

नानो प्रविधीबाट निर्मित मलले परम्परागत रासायनिक मलको मात्रा घटाउनेछ ।

नानो प्रविधिमा आधारित नानो युरिया तरल मल हो । यसले विरुवाको उचित वृद्धि र विकासका लागी आवश्यक पर्ने प्रमुख पोषक तत्व नाइट्रोजन प्रदान गर्नेछ । परम्परागत युरियाको तुलनामा नानो युरियालाई पातबाट उर्कने गरिन्छ ।

परमपरागत दानादार युरियालाई माटोमा छर्ने गरिन्छ भने तरल नानो युरिया पानीमा मिसाई बिरुवाको पातमा छर्कने गरिन्छ । झणौ २–४ मिलिलिटर नानो युरियालाई १ लिटर पानिमा मिसाएर छर्नुपर्ने कम्पनीको भनाइ छ ।

चौधरी ग्रुप र इफ्को इन्डियाबीच रणनीतिक साझेदारी

यसैबीच चौधरी ग्रुप र इफ्को इन्डियाबीच बीच रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ । यस साझेदारीले इफ्को इन्डियासँगको साझेदारीमा नेपालमा नवीनतम कृषि प्रविधि र विकास ल्याउन केन्द्रित रहनेछ ।

साझेदारी पत्रमा चौधरी ग्रुप र इफ्को इन्डियाका प्रतिनिधिले हस्ताक्षर गरे ।


Read Previous

कर्जाको ब्याज, सेवा शुल्कलगायतमा वृद्धि र उद्योगीलाई कालो सूचीमा राख्ने कार्यप्रति घरेलु महासंघको विरोध

Read Next

म्याग्दी र राहुघाट नदीमा उत्पादन हुने विद्युत राष्ट्रिय प्रणालीमा जोड्न सवस्टेशन र प्रसारण लाइन निर्माण सुरु