Nepal Purbadhar

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग


काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुदैंछ ।

वर्ल्डलिंकले पुल्चोक क्याम्पसको इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन (लाेकस) मा स्नातक तहमा अध्ययनरत विद्यार्थीको नेतृत्वमा सचेतना कार्यक्रम गर्न लागेको हो । यो कार्यक्रम सातै प्रदेशका ५० विद्यालयमा आयोजना हुदैछ ।

कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखी १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी लक्षित छ । यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिशिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिईनेछ ।

साथै आवश्यक स्रोत साधनको सरलीकरण र व्यवस्था गरि यस अभियानमा सम्बन्धित क्षेत्रमा रहेका वर्ल्डलिंकको शाखाले सहजीकरण गरेका छन् ।

देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताए । ‘वल्र्डलिङ्क इन्टरनेट एकेडेमी’ अन्तर्गत यस सचेतना अभियानलाई प्रायोजन गरेको हो ।

आगामी दिनहरुमा डिजिटल साक्षरताका कुराहरुसंगै इन्टरनेटका महत्वपुर्ण विषयवस्तुहरु पनि समावेश गरिने छ । यस कार्यक्रमलाई साथ दिदैं चाइल्ड सेफ नेट नामक संस्थाले आवश्यक सचेतनामूलक सामग्री तयार गर्न सहयोग गरेको छ ।

साथै लोकसको तर्फबाट कूल ५० जना कार्यक्रमका लागि परिचालित हुनेछन । हरेक विद्यालयमा दुई घण्टाको सचेतना कार्यक्रम सञ्चालन गरिने लोकसका इभेन्ट म्यानेजर विपिन खनालले जानकारी दिए ।


Read Previous

जयनगर–कुर्था रेल सेवा ३ दिन तोकिएको सिफ्टभन्दा बाहेक सञ्चालन हुने

Read Next

सात वर्षसम्म अधुरै कलुवापुर बेलौरी राजमार्ग

Leave a Reply

Your email address will not be published.