Nepal Purbadhar

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024

शुक्रबार, बैशाख ७, २०८१
Friday, April 19, 2024
सौर्य पम्प प्रविधिबाट कृषिकाे दिगाे सिँचाइ प्रवर्द्धन गर्न ‘ऊर्जा सप्ताह’ हुँदै काठमाडौं-तराई-मधेश द्रूतमार्गको ३३ प्रतिशत निर्माण सकियाे,लक्ष्यअनुसार काम भइरहेकाे सेनाकाे स्पष्टाेक्ति   माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो    निजी क्षेत्रबाट हाइड्रोजन उत्पादनमा हात हाल्ने पहिलो कम्पनी बन्यो बुद्धभूमी हाइड्रोपवार, केयूसँग सम्झौता चाैंथाे हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १३ गते राष्ट्रपतिबाट उद्घाटन गरिने तुल्सीपुर मालपोत कार्यालयमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर भेरी नदीमाथि निर्माणाधीन ‘बेलिब्रिज’ अन्तिम चरणमा    तनहुँमा ७.५ किलोमिटर सडक कालोपत्र   

सात वर्षसम्म अधुरै कलुवापुर बेलौरी राजमार्ग


निर्वाचनका बेला कञ्चनपुरको दक्षिणी क्षेत्र जोडने कलुवापुर बेलौरी राजमार्ग निकै चर्चामा आउने गरेको छ ।

निर्वाचन प्रचारप्रसारमा राजमार्ग कालोपत्र गर्ने कार्यलाई टुंगोमा पु¥याएरै छोड्ने निर्वाचनमा राजनीतिक दलका उम्मेदवारले प्रतिबद्धता व्यक्त गर्छन । तर, निर्वाचन सकिएपछि राजमार्ग कालोपत्र गर्ने कार्य सबैले विर्सने गरेका छन् । राजमार्ग स्तरोन्नति गरी कालोपत्र गर्नका लागि ठेक्का सम्झौता भएको ७ वर्ष बित्नै लागेपनि अधुरै रहेको छ ।

राजमार्गको केही भाग कालोपत्र गरिए पनि सडक पूरै कालोपत्रे हुन सकेको छैन । ‘सडक निर्माणका लागि पटक–पटक निर्माण कम्पनीको म्याद थप्ने कार्य मात्रै हुँदै आएको छ’, स्थानीय कालुराम चौधरीले भन्छन, ‘सडक कालोपत्रको कार्य पूरा हुनसकेको छैन ।’

विगतमा निर्वाचनका बेला राजमार्ग निर्माण गरेरै छाड्ने राजनीतिक दलका उम्मेदवारले मतदाता समक्ष गरेका अहिलेको निर्वाचनमा पनि त्यही पुरानै वाचा लिएर उम्मेदवार घरदैलोमा पुगेको उनले बताए । ‘सडक पूरै कालोपत्र हुन नपाउँदै खाल्डाखुल्डी भएर जीर्ण बन्न थालेको छ’, उनले भने, ‘गुणस्तरीय कार्य गरी सडक निर्माणको कार्य निर्धारित समयमै पूरा गर्ने प्रतिवद्धता आउनुपर्छ ।’

सडक कालोपत्र गर्ने कार्यलाई अगाडि बढाउनका लागि स्थानीय बासिन्दाले पटक–पटक सडक अवरुद्ध गरेर दबाब दिदै आएका छन् । स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि केही दिन सडक कालोपत्र गर्ने कार्य अगाडि बढाए जस्तो गरेर निर्माण व्यवसायीले पुनःकार्यमा ढिलासुस्ती गर्ने गरेको स्थानीय सियाराम रानाले बताए ।

‘कहिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले रोकेको भन्छन, कहिले केन्द्रबाट प्रदेश मातहतमा कार्य आउँदा विलम्ब भएको हो भन्छन’ ,उनले भने, ‘निकुञ्जले रोकेको भए पनि समस्या समाधान गरेर कार्य अगाडि बढाउनुपर्ने हो, यसका लागि कोही अगाडि आउँदैन, समस्या देखाएर पन्छिने कार्य मात्रै हुँदै आएको छ ।’

शुक्लाफाँटा नगरपालिकाको कलुवापुरदेखि जिल्लाको दक्षिणि क्षेत्र बेलौरी जोड्ने एक मात्रै मार्ग निर्माणको कार्य तत्कालीन पञ्चायतीकालबाट सुरु भएको हो । पञ्चायतीकाल निर्माण भएको सडक कालोपत्र भएको हेर्नका लागि यस क्षेत्रका बासिन्दाले वर्षोसम्म कुर्नुपर्ने भएको स्थानीय बासिन्दाको भनाइ छ ।

राजमार्गको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चानदेवदेखि कालागौंँडीसम्मको ३ किलोमिटर सडक र कलुवापुरदेखि बन्साहसम्मको झण्डै ३ किलोमिटर सडक बहुवर्षीय ठेक्का भए पनि अहिलेसम्म कालोपत्र हुनसकेको छैन ।

कालोपत्र गरिएको सडक निर्माणकार्य पूरा नहुँदै खाल्डाखुल्डी हुन थालेपछि सर्वसाधारणले सास्ती खेप्दै आएका छन् । सडक स्तरोन्नति गरी ३ वर्षभित्रै कालोपत्र गर्नका लागि विसं २०७३ को भदौ महिनामा सन्तोष थेगिम जेभीसँग १८ करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको थियो ।


Read Previous

विद्यालयमा इन्टरनेट सचेतना कार्यक्रम सञ्चालन गर्न वर्ल्डलिंकको सहयोग

Read Next

चोभार सबस्टेसन निर्माणमा भइरहेको अवरोध हट्यो

Leave a Reply

Your email address will not be published.